site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आज पनि सुनुवाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आज (आइतबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो ।  

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए । “नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो, “त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।” 
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।

इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० ओटा रिट दर्ता भएका छन् । 

Global Ime bank

आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । यस्तै विपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेपछि सर्वोच्चमा सुनुवाई सुरु भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC