site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

छ महिना पुग्दा नपुग्दै प्रतिनिधि सभा दुईपटक विघटन गर्ने गराउने ‘पौरख’ गरेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले शुकवार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ‘असंवैधानिक’ र गैरजिम्मेदार कदमहरूको औचित्य सिद्ध गर्ने निरर्थक प्रयास गरे । विचाराधीन मुद्दाको विषयमा सार्वजनिकरूपमा बोलेर ओलीले अख्तियारको दुरुपयोगका साथै सर्वोच्च अदालतको मानहानि समेत गरे ।

अहिले केही बेरमा संसद्मा प्रस्तुत हुनुपर्ने बजेट अध्यादेशबाट सार्वजनिक हुने कार्यक्रम छ । कामचलाउ सरकारले  पूर्ण बजेट प्रस्तुत गर्नु उचित र आवश्यक छैन भने देशका पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू, अर्थ र राजनीतिशास्त्रीहरू धेरैले दिएको सुझाव सरकारले मानेन । सम्भवतः निर्वाचनलाई प्रभावित पार्ने ‘लोकप्रियतामुखी’ केही प्रावधान नयाँ बजेटमा समावेश गरिनेछन् ।

Agni Group

हुनत, जनसञ्चारका माध्यम र जनसाधारणको ध्यान प्रधानमन्त्रीको सम्बोधन, नयाँ बजेटमा जानुपर्ने हो । तर, पाेखरा, नेपालगन्ज, विराटनगरका घटना सबै बिर्सेर चेतना र विवेक भएको कुनै नागरिकले सत्ताकाे पाखण्डमा ध्यान दिन कसरी सक्छन् र ?

 नेपालगन्जको भेरी अस्पतालमा  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताको संलग्नतामा चिकित्सकको ‘ज्यान लिने प्रयास’  भयो । गण्डकी क्षेत्रिय अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरू निसासिएर मरे । केही दिन पहिले ओलीका मन्त्रीहरूले अक्सिजन सिलिन्डर खिचेका तस्बिरले सामाजिक सञ्जाल ढाकिएका थिए । 

Global Ime bank

यस्तै, विराटनगरमा एमाले नेतृ तथा प्रदेशकी सामाजिक विकासमन्त्री उषाकला राईको अग्रसरतामा सत्तारुढ दल समर्थक व्यवसायीलाई सुटुक्क खोप दिलाउने प्रपञ्च गरियो । खोपको दोस्रो मात्रा पर्खेर बसेका लाखौं ज्येष्ठ नागरिकको  भाग खोेसेर आफन्त पोस्ने अपराध क्षमा योग्य त पक्कै नहुनुपर्ने हो ।

अस्पतालमा गएर चिकित्सकहरूमाथि गरिरीएको साङ्घातिक हमलालाई ‘भावनात्मक आवेश’ भनेर ढाकछोप गर्ने प्रयास राष्ट्रपति भण्डारीका नामबाट सामाजिक सञ्जालमा भएको छ । रावत एमाले कार्यकर्ता नभएका भए पनि राष्ट्रपति भण्डारीका नामबाट यस्तै सन्देश प्रवाह गरिन्थ्यो त ?

उषाकला राई वा मानबहादुर रावतको दुस्साहस र बदनियतको स्रोत त प्रधानमन्त्री ओली नै हुन् । ओलीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीकै सहमा यस्तो अहङ्कार  र निरङ्कुशता प्रदर्शन गर्न पाएका हुन् । ओलीको बोझ देशले धेरै दिन धान्न सक्ने देखिँदैन । धान्न नसक्ने बोझ लामो समय बोक्न परे मेरुदण्ड भाँचिन्छ । देश जोगाऊँ !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC