site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रमा द्वन्द्व सिर्जना गर्न बडेमानको व्यक्ति नै चाहिन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खलनायक चलचित्रका मुख्य पात्रहरुमध्येको एक पात्र हो । अक्सर चलचित्रमा द्वन्द्व सिर्जनाका लागि खलनायक सिर्जना गरिन्छ । नायकको बाटोमा अवरोध सिर्जना गर्नेहरु नै प्रायः खलपात्रहरु हुन् ।

नायकले सकारात्मक कार्यका लागि गरिरहेको संघर्षमा बाधक बनेर आउने पात्रका रुपमा खलनायकहरु परिचित छन् । कथासँगसँगै नायक र खलनायकहरु चलचित्रमा करिब–करिब अन्तिमसम्म समानान्तर यात्रा गर्छन् ।

चलचित्रानुसार पात्रहरु निर्माण भएका हुन्छन्, चाहे नायक होस् वा खलनायक । चलचित्रानुसार पात्रका भूमिका निर्धारण गरिएको हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, नेपाली चलचित्रमा भने प्रायः खलनायकहरु समान प्रकृतिका हुन्छन् । पहलमान शरीर, लामो कपाल, डरलाग्दो अनुहार तथा साथमा पछि लाग्ने १०/१५ जना चुल्ठेमुन्दे्रको ग्याङ । र, उसको काम हुन्छ, नायिकाको अपहरण र  बलात्कार तथा हत्या । अनि, प्रतिरोधमा आउने नायकलाई सुरुमा मरणासन्न हुने गरी कुटपिट गर्नु र अन्तिममा आफू कहाँबाट परिचालित भएको छु भन्ने नायकसँग मुख खोल्नु र त्यही नायकको हातबाट मृत्युवरण गर्नु ।

चलचित्रमा खलनायकको भूमिका यति नै हो ?

Global Ime bank

चलचित्रकर्मीहरु भन्छन्– होइन । उनीहरु भन्छन्– नेपालमा खलनायकको बुझाइ नै गलत भयो । यसप्रतिको धारणा नै गलत बस्यो ।

“नेपाली चलचित्र सरसर्ती हेर्दा अर्काकी छोरी, श्रीमती वा गलफ्रेन्डमाथि आँखा लगाउने र बलात्कार वा हत्या गर्ने काम नै खलपात्रको हो भन्ने देखिन्छ,” निर्देशक मनोज पण्डित भन्छन्, “तर, वास्तवमा योे सीमित परिधि र बुझाइ हो ।”

यी र यस्तै गलत बुझाइका कारण नेपाली चलचित्रको गुणस्तर माथि उठ्न नसकेको उनी बताउँछन् । बम्बइया यो फर्मुलालाई भुलेर अथवा यसबाट परिमार्जित र परिस्कृत हुँदै अगाडि बढ्नुपर्नेमा उनको जोड छ । अन्यथा, नेपाली चलचित्रको विकास र विस्तार हुन नसक्ने मनोजको दाबी छ ।

मारधाड गर्ने व्यक्ति मात्रै चलचित्रमा खलनायक नहुने निर्देशक प्रदीप भट्टराई बताउँछन् । वर्ल्ड सिनेमामा को नायक र को खलनायक हो छुट्ट्याउनै कठिन हुन थालेको उनी बताउँछन् । “आजका वर्ल्ड सिनेमा हेर्दा को नायक र को खलनायक हो खुट्ट्याउन पनि गाह्रो हुन्छ,” निर्देशक भट्टराई भन्छन्, “अन्तिमसम्म चलचित्र हेरेपछि यसको सकारात्मक भूमिका रह्यो र यसको रोल नकारात्मक र’छ, त्यसैले योचाहिँ खलनायक रहेछ भनेर दर्शकले पत्ता लगाउनुपर्छ ।”

प्रदीपको निष्कर्ष छ– खलनायक व्यक्तिको बाहिरी आवरणले निर्धारण गर्ने होइन, उसको चरित्रले हो ।

चलचित्रमा द्वन्द्व सिर्जना गर्न बलिष्ठ पाखुरा र छाती भएको बडेमानको व्यक्ति नै चाहिन्छ ? 

चाहिँदैन । उदाहरणका लागि चलचित्र ‘डण्डीबियो’लाई लिन सकिन्छ । यसमा खलपात्र को हो ? अनुप बराल कि आशान्त शर्मा ? 

वास्तवमा यी दुवै पात्र खलनायक होइनन् । यो चलचित्रमा खलपात्रको रुपमा सरकार देखिएको छ । जसले नेपालको तत्कालीन राष्ट्रिय खेल डण्डीबियोलाई हटाएर भलिबललाई राष्ट्रिय खेल बनायो । यसको अर्थ द्वन्द्व सिर्जना गर्न व्यक्ति नै चाहिने रहेनछ भन्ने हो । कुनै संस्थाको नीतिगत निर्णय वा ऐन, कानुन, संविधान वा कुनै दस्तावेजले पनि खलपात्रको रुपमा द्वन्द्व सिर्जना गर्नसक्छ ।

गत वर्ष रिलिज भएको चलचित्र ‘आमा’मा खलपात्र को हो ? पर्दामा देखिने चिकित्सक ? श्रीमतीका बाबाको उपचारमा अस्पताल गइरहनुपर्दा झिँजो मान्ने नायिकाका श्रीमान् अथवा अरु कोही ? वास्तवमा यो चलचित्रमा यी कुनै पनि व्यक्ति खलपात्र नभएर बिरामी तथा उसका आफन्तहरुसँग पैसा असुल्न मनलागी गर्ने अस्पतालहरुलाई लगाम लगाउन नसक्ने सरकार र सरकारी नीति, नियम र त्यससँग जोडिएका सरोकारवाला निकम्मा निकायसँग द्वन्द्व छ ।

प्रदीप भट्टराईले भनेजस्तै चलचित्र ‘लुट’मा पनि सौगात मल्ल र दयाहाङ राईको दुई ग्याङमध्ये कुन ग्याङ र त्यसमा पनि को–को खलपात्र हुन्, चलचित्रको अन्तिमसम्म ठम्याउन कठिन हुन्छ । 

कुनै पनि चलचित्रमा द्वन्द्व खडा गर्न व्यक्ति नै चाहिन्छ र यसका लागि मारपिट र हत्याहिंसा नै गर्नुपर्छ भन्ने अनिवार्य छैन । भलै, अधिकांश नेपाली चलचित्रमा यो भइरहेको छ । विषयप्रधान चलचित्र निर्माण हुँदै जाँदा नेपालमा पनि खलनायकको पुरानो मानकमा विस्तारै परिवर्तन आउन भने थालेको छ । भलै, यो निकै पहिला नै भइसक्नुपर्ने विषय भएको निर्देशक मनोज पण्डित बताउँछन् । यसले नेपाली चलचित्र मेकरको बुझाइमा कति सीमितता छ भन्ने पुष्टि गरेको उनको भनाइ छ ।

धनी बाउकी छोरी पट्ट्याएर उसको सम्पत्ति हत्याउन वा राम्री केटी पाउन सुरुदेखि अन्तिमसम्म संघर्ष गर्ने नायक, नायकको मनोरञ्जनका लागि मात्रै उपयोग भइरहने नायिका र अर्काकी श्रीमती, छोरी र गर्लफ्रेन्डको बलात्कार र हत्या गर्ने खलनायकहरुको दशकौँको पुनरावृत्तिकै कारण नेपाली चलचित्र थला परिरहनुको मुख्य कारण भएको स्वयं चलचित्रकर्मीहरु नै बताउँछन् ।

फरक कथा लेख्न नसक्ने लेखक र चलनचल्तीका भन्दा भिन्न कथामा काम गर्न नचाहने मेकरका कारण वर्ल्ड सिनेमाले ठूलो फड्को मारिसके पनि नेपाली चलचित्र भने ‘कुवाको भ्यागुतो’सरह भएको निर्देशक मनोज बताउँछन् ।

त्यसो त यसमा मेकरको मात्रै हात छैन । कलाकारहरु पनि उत्तिकै जिम्मेवार छन् । आफ्नो चौतर्फी माग भएका बेला वर्षमा दर्जनौँ चलचित्र खेल्ने नायकहरुले चलनचल्तीका भन्दा फरक सिनेमा बनाउनुस् भनेर मेकरलाई भन्न सकेको भए यसको जग पहिला नै बसिसक्ने मनोज बताउँछन् ।

“कुनै एक नायक नभइ चलचित्र नचल्ने अवस्थामा त्यो नायकले बर्सेनि चलचित्र बनाउने मेकरलाई एउटाचाहिँ कमर्सियलभन्दा पनि विषयप्रधान चलचित्र बनाउनुपर्छ है मेरा लागि भनेको भए मेकरले बनाउने थिए,” मनोज भन्छन्, “त्यो काम हाम्रा कलाकारहरुबाट पनि भएन । व्यापारको आँखाबाट मात्रै चलचित्रलाई हेर्ने निर्माताहरुले त यो सोच्ने कुरै भएन । त्यहाँ पनि हामी चुक्यौँ ।”

परम्परागत रुपमा जे चलिरहेको थियो, त्यसैलाई मानक मानेर अगाडि बढ्दा आवश्यक गुणस्तरसँगै परिवर्तन, विकास र विस्तारबाट नेपाली चलचित्र उद्योग वञ्चित भएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC