site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्रीले छानेका व्यक्तिलाई मात्र 'सुटुक्क' कोरोनाविरुद्धकाे खोप दिएपछि विराटनगरमा तनाव
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई मात्र सुटुक्क खोप दिइएपछि सर्वसाधारणले विरोेध गरेका छन् ।

सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिसरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खेप लगाउन जनस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो डोज कोभिसिल्ड लगाउन पर्खाइमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन् । 

Global Ime bank

नेकपा एमालेका कार्यकर्ताले सिनेमा हलको गेटमा ताल्चा लगाएर ‘आफ्ना मान्छे’ पसाउन थालेपछि सर्वसाधारणले नाराबाजी गर्दै विरोध गरे । मन्त्रीको रोजाइमा परेका केही उद्योगी–व्यवसायी गाडी लिएर सिटी सिनेमा हलको गेट पुगेका थिए । व्यापारीका निजी गाडीको लर्को लागेपछि स्थानीयवासीले चासोसाथ सोधीखोजी गरेपछि खोप लगाउन लागेको खुलेको थियो ।

त्यहाँ पार्टीका समर्थित कर्मचारीहरू पनि थिए । पालो पुगेका तर सरकारले खोप लगाउनेबारे कुनै जानकारी नदिएपछि आक्रोशित सर्वसाधारणले खोप बोकेर आएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको गाडी एक घण्टासम्म रोकेर राखिदिए । चार जना खोपकर्मीहरूलाई काम गरे ठीक नहुने चेतावनी दिए ।
 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भन्ने निर्देशन दिएपछि आएको बताउँदै भने, “हामीले एक सय ५० जनालाई खोप दियौँ ।” 

मोरङ जनस्वास्थ्य कार्यालयका खोप प्रमुख रमानन्द यादवले मोरङमा पहिलो डोज लगाएकाहरूको दोस्रो डोज लगाउने अवधि सकिदै गएको बताउँदै भने, “मन्त्री ज्यूको सिफारिसमा दोस्रो डोज लगाउने काम भइरहेको छ । हामीले जनताका लागि पनि भ्याक्सिन दिन आग्रह गरिरहेका छौँ ।” 

यादवले पहिलो डोज लगाउने नाम लिस्ट मन्त्रालयमा पठाएको र दोस्रो लिनेहरूलाई अवधि हुँदै लगाउन भनिएको सुनाए । अहिलेसम्म मोरङमा कोभिसिल्डको पहिलो मात्रा ६६ हजार ६१५ र दोस्रो मात्रा ११ हजार ३४८ जनाले लगाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC