बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बुद्ध, अम्बेडकर र मार्क्सवाद मेखराज उदय
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, जेठ १४, २०७८
Laxmi Bank
Laxmi Bank

बुद्ध पूर्णिमा (जेठ १२ गते) गौतम बुद्ध (इपू ५६३—४८३)को २५६५ औं जन्मजयन्ती थियो । हाल नेपालको कपिलवस्तु लुम्बिनीमा रहेको मौर्य सम्राट अशोकले खडा गरेका  अशोक स्तम्भमा रहेको शिलालेखको आधारमा बुद्धको जन्म स्थानको किटान गरिएको हो । उक्त अशोक स्तम्भको आधारमा नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थान रहेको प्रमाणित हुन्छ ।

बुद्धका विचारले वर्णाश्रम जात व्यवस्था, ईश्वर या अदृश्य शक्ति, नास्तिकता, मूर्ति पूजादेखि साम्यवादसम्मका द्वन्द्व, विचार एवं व्यवस्थाका स्पष्ट मार्ग छन् । गाईको मासु खानेदेखि गौमाता भनेर गाईको पूजा गर्ने भ्रम र यथार्थमा बुद्ध जोडिन्छन् । 

बुद्धलाई कुनै अदृश्य शक्ति, ईश्वर, स्वर्ग, पुनर्जन्म, पूर्वजन्म र नर्क या कथित अर्काे लोक, भाग्य आदिमा विश्वास थिएन । उनी वर्णाश्रम व्यवस्थाविरुद्ध सशक्त ढंगले उभिएका छन् । जात व्यवस्था र छुवाछुत व्यवहार अन्त्य गरी समानता स्थापनाका लागि बुद्धको अतुलनीय योगदान रहेको छ ।

Duber nepal

Agani Group

बुद्धले आफ्नो अछूत, शुद्र, अपमानित र वञ्चित समुदायका धेरैलाई भिक्षु बनाएर ज्ञान बाँड्न सक्षम बनाए । तिनताका कथित तल्लो जातिका व्यक्तिलाई ज्ञान प्राप्त गर्न वञ्चित गरिएको थियो ।

मनुको कानुनमा शुद्रले वेद पढेको देखे आँखा फोर्नु, सुनेमा सिसा पगालेर कानमा खन्याइदिनु र ज्ञान प्राप्त गरेको रहेछ भने शिर छेदन गरिदिनु भन्ने कठोर दण्डको व्यवस्था  थियो । सोही धर्म पालना गरेर रामले शुद्र शम्बुकको हत्या गरेको प्रसंग रामायणमा छ । बुद्धले जातीय छुवाछुतको विकराल अवस्था रहेको त्यो समयमा अपूर्व क्रान्ति गरेका थिए ।

कार्ल माक्र्स र अम्बेडकर

कार्ल माक्र्सले वर्ण (जात) व्यवस्थाबारे भनेका छन् —‘हिन्दुस्तानको उन्नति र शक्ति निर्माणको मार्गमा सबैभन्दा कठोर अवरोध जात व्यवस्था नै हो ।’ माक्र्सले जानेरै भारतलाई हिन्दुस्तान शब्द प्रयोग गरेका थिए । भारतीयहरु माक्र्सले हिन्दुस्तान शब्द प्रयोग गरेकोप्रति आपत्ति प्रकट गर्छन् । किनभने हिन्दुस्तान भारतको असंवैधानिक शब्द हो ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स्को सबैभन्दा महत्त्वपूर्ण र मुख्य निष्कर्ष कम्युनिस्ट घोषणापत्र सन् १८४८ मा प्रकाशित भएको थियो । त्यसको सार हो —‘सम्पूर्ण मानव इतिहास वर्ग संघर्षको अभिलेख हो ।’

भारतलगायत जात व्यवस्था कायम रहेका देशहरुको सन्दर्भमा माक्र्सले समेत वर्गभन्दा जात (वर्ण) व्यवस्था नै प्रमुख शत्रु हो भन्ने निचोड निकालेका रहेछन् । यद्यपि, जात व्यवस्थाबारे माक्र्सको अध्ययन, बुझाइ एवं निष्कर्ष अपूर्ण, भ्रामक र कमजोर नै मानिन्छ । त्यसका धेरै कारण छन् । उनले पण्डितहरुले झँै भविष्यवाणीमात्रै गर्दै गए । उनका ती भविष्यवाणी व्यवहारमा लागू हुन सम्भव थिएन, र भएनन् पनि ।

माक्र्सको समाजवादी—साम्यवादी धारणा, मार्ग र राज्य व्यवस्थासम्बन्धी भविष्यवाणी गलत साबित हुन पुग्यो । शास्त्रीय माक्र्सवाद या जनवादी शासन व्यवस्था निरंकुश व्यवस्था हो । आजको युगमा स्वतन्त्रतासहितको लोकतान्त्रिक व्यवस्थामा सबै किसिमका विभेद, असमानता, पृथकता र विभाजन आदिको शान्तिपूर्ण समाधान निकाल्न सकिन्छ । साम्यवाद कोरा कल्पनामात्रै हो । व्यवहारमा लागू हुने शासन व्यवस्था होइन भन्ने प्रमाणित भइसकेको तथ्य हो ।

माक्र्सको माथि उल्लिखित भनाइस“ग मेल खानेगरी डा. भीमराव अम्बेडकर भन्छन् — ‘उत्पीडित जाति समुदाय तथा श्रमिक वर्गको दुईटा शत्रु छन् । एउटा हो — ब्राह्मणवाद र अर्काे हो पु“जीवाद । ’ब्राह्मण धर्म मान्ने भारत, नेपाललगायत देशहरुमा जात व्यवस्था प्रथम र प्रधान हो भने त्यसैको आधारमा वर्ग विभाजन र सामन्तवाद जन्मिन पुग्यो । आज यहा“को मूल समस्या वर्ण (जात) व्यवस्था हो र त्यसको गर्भबाट जन्मिएको वर्ग विभाजन पनि जटिल समस्याको रुपमा स“गै उभिएको छ । भारतीय वर्ण व्यवस्था, जातिवाद, हिन्दु धार्मिक राजनीति, संस्कार संस्कृति, नस्लवाद, भाषा र शासकीय वंशका दृष्टिले नेपाल साइनो अकाट्य छ । त्यहा“को जात व्यवस्था र धर्म यहा“ पनि लागू भएको हो ।

भारतमा ब्रिटिसहरुले व्यापकरुपमा उद्योग धन्दा, रेल व्यवस्था स्थापना गरेर विकासको युग ल्याएका थिए । सोही समयमा परम्परागत जातीय श्रम विभाजनको अन्त्य हुन पुग्यो । त्यसअघि जातका आधारमा श्रम या कामको विभाजन हुने गथ्र्याे । त्यही समयमा माक्र्सले भारतको वर्ण व्यवस्थाको अन्त्य हुनेछ भनि ठोकुवा गरे । तथापि त्यो सम्भव थिएन र भएन । वर्ण व्यवस्था कर्म (काम) होइन जन्ममा आधारित हुन्छ भन्ने माक्र्सले बुझेनन् । हामीमध्ये अझै पनि कतिपय काम (श्रम)को विभाजन नै जात व्यवस्था हो भन्ने भ्रममा छाँै । वर्ण(जात) व्यवस्था कर्म, काम, श्रम या रंगको आधारमा विभाजन गरिएको होइन । त्यो जन्मको आधारमा निर्धारित हुनेगर्छ ।

त्यसैले त क्षेत्रीको कुलमा जन्मेको व्यक्ति बाहुन बन्न सक्तैन । अन्य वर्ण( जात) को त झन् कुरै नगरौँ । माक्र्सवादी बाटोमार्फत् वर्ण (जात) व्यवस्थाबाट मुक्ति प्राप्त गर्न असम्भव रहेको स्पष्ट पार्ने यी तीन वटा आधारहरुले सिद्ध गर्छन् – एक, माक्र्सको जातिवादसम्बन्धी बुझाइ अधुरो र अस्पष्ट छ । दुई, माक्र्सले धेरै विषयमा भविष्यवाणी गरेका छन् र ती सबै भविष्यवाणीजस्तै वर्ण व्यवस्था नष्ट हुनेछ भन्ने उनको भविष्यवाणी पनि गलत सिद्ध हुन पुग्यो । तेस्रो महत्त्वपूर्ण आधार हो — माक्र्सले जातभित्रको वर्ग (क्लास) को कुरै उठाएनन् । माक्र्सवादीहरु वर्गको कुरा त गर्छन् तर जात व्यवस्थाप्रति आँखा चिम्लने गर्छन् । त्यसैले निष्कर्षमा जात व्यवस्थाबाट मुक्ति प्राप्त गर्न माक्र्सवादी बाटो सही होइन भ्रामक, अपूर्ण र गलत देखिन्छ ।

कम्युनिस्ट पार्टी र जात व्यवस्था

नेपालका मात्रै होइन भारतका कम्युनिस्टहरु कोही नास्तिक  छैनन् । भारतका पूर्व प्रधानमन्त्री तथा भाजपा नेता अटल बिहारी वाजपेयी भारतीय कम्युनिस्ट पार्टीका पूर्वसदस्य हुन् । भाकपाले अतिहिन्दुवादी संगठनमा प्रवेश गरेकोमा वाजपेयीको निन्दा कहिल्यै गरेन । भारत या नेपालका कम्युनिस्टहरु जनै धारण गर्न, ब्रतवन्ध, पूजापाठ गर्न र धार्मिक नियमअनुसार व्यवहार गर्न रोकावट गर्दैनन् । 

नेपालमा त बरु कम्युनिस्ट पार्टीको प्रमुख वा ठूला नेता बन्न जनैधारी हुनैपर्ने नया“ व्यवस्था लागु भएजस्तो भयो । बरु कम्युनिस्टले धारण गर्ने जनै कहा“ अन्य बाहुनले धारण गर्ने जस्तो जातिवादी जनै हो र यो जनवादी जनै पो हो भनेर उत्पीडनमा पारिएका सर्वहाराहरुमाथि झन् ‘प्रगतिशील जनैवाद’ लाद्न थाले । बहुदलीय संसदीय कम्युनिस्ट पार्टीको सरकार छ नेपालमा । तर, यो सरकार जनवादी सरकार भने होइन । 

केही कम्युनिस्टहरुको आरोप छ — धर्म परिवर्तन गरेकाले डा. अम्बेडकर सुधारवादी भए । यो कुतर्कमात्रै हो । किनभने पहिलो त बुद्ध धर्म अँगाल्नु भनेको समानता, न्याय र बराबरीको अधिकार प्राप्त गर्नु तथा विभेदबाट मुक्ति प्राप्त गर्नु हो । दोस्रो तथ्य बुद्ध स्वयं नास्तिक थिए । उनलाई ईश्वर, चमत्कार, देउता, धर्म, शुभअशुभ आदिप्रति विश्वास नै थिएन । बौद्ध बन्नु त नास्तिक हुनु हो ।

बुद्ध जात व्यवस्था विरुद्ध क्रान्ति गर्ने महान् व्यक्तित्व हुन् । अम्बेडकरले वर्ण व्यवस्थाको समाधानका निम्ति महत्त्वपूर्ण योगदान दिएका छन् । कतिपय कथित विद्वान् अम्बेडकरमाथि धर्म परिवर्तन गरेको, सम्झौतापरस्त र भारतको संविधानमा आरक्षण व्यवस्थामात्रै गरेका प्रसंग उठाएर आलोचना गर्ने गर्छन् । त्यो अल्पबुद्धिको उपज हो । अम्बेडकरले ‘शिक्षित बन, संगठित होऊ र संघर्ष गर’ मात्रै भनेका छैनन् र संविधानमा आरक्षणको व्यवस्था गर्नमा मात्रै सिमित छैनन् । कम्युनिस्टहरु बुद्ध र अम्बेडकरबारे अल्पज्ञानी कुतर्क छाडेर अध्ययन गरी भ्रममुक्त उचित हुनेछ । सूर्यलाई हातले छेक्न सकिँदैन । 


 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्