site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘आतंककारी’ रोक्न विमास्थलमा कडाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । हालै युरोपको टर्की र शुक्रवार बंगलादेशसम्म आतंककारी हमलामा धमाधम धेरैको ज्यान जानथालेपछि नेपाल प्रहरीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा कडाई गरेको छ ।
 
अब विमानस्थलबाट स्वदेश वा विदेश जाने व्यक्ति बाहेक उसलाई पुर्याउन वा लिनजाने व्यक्ति सिमित गरिने र तिनको प्रवेशमा कडाई गरिने, एयरपोर्ट वरिपरि कुनै पनि शंकास्पद सामानको जाँच गरिने भएको छ । यसका लागि तालिमप्राप्त कुकुरको प्रयोग पनि गरिने र सुरक्षा कर्मचारीलाई नयाँ अवस्था अनुसारको प्रशिक्षण पनि दिइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अधिकारीेले बताएका छन् ।
 
सशस्त्र प्रहरी बलका प्रवक्ता एआईजी शैलेन्द्र खनालले भने, “विश्वका घटना क्रमलाई मध्येनजर राख्दै नेपालमा पनि कुनै चलखेल नहोस भन्ने हेतुले हामीले सबै सुरक्षा निकायसँग सहकार्य गरी सुरक्षालाई चुस्त बनाएका छौं ।” सशस्त्र प्रहरी बलले विमानस्थल सुरक्षामा पहिलाकोभन्दा सुरक्षा सर्तकता बढाएको एआईजी खनालले बाए ।
 
त्यस्तै नेपाल प्रहरीका विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले भने, “विश्वका विभिन्न स्थानमा भइरहेका आतंककारी हमलालाई मध्येनजर राख्दै नेपाल प्रहरीले विमानस्थलमा विषेश सुरक्षा प्रदान गरेको छ ।”
 
बदलिंदो परिस्थिती अनुरुप स्रोत र साधनमा खासै परिवर्तन नभए पनि भएकै स्रोतसाधन र शक्तिको अधिकाधिक उपयोग गरेर पहिलाको भन्दा चनाखो र चुस्त सुरक्षा सर्तकता बढाएका निरौलाले जानकारी दिए ।
 
नेपाल भित्र भएका कुनै पनि गलत तत्व र तिनले पार्नसक्ने क्षतिका लागि प्रहरीले तयारी गरेको भए पनि विदेशबाट कुनै तवरले विष्फोटक पदार्थ वा हतियार नेपाल भित्रिन सफल भएको छ भने त्यसको नियन्त्रण गर्न गाह्रो हुने सुरक्षा श्रोतले बताएको छ ।
 
“बाहिरबाट आउने सामान जाँच हुने एक्सरे मेसिनमा प्रहरीको सहभागिता छैन त्यसैले सुरक्षाको हिसावले त्यसमा निकै चुनौती छ,” निरौलाले भने । निरौलाका अनुसार एक्सरे मेसिन जाँचमा भन्सारका कर्मचारीमात्र बस्छन्, त्यसमा पनि प्रहरीको सहभागिता भएको भए सुरक्षाको दृष्टीले अझ राम्रो हुन्थ्यो ।
 
आपराधिक गतिविधिमा संलग्न कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाओस भन्नका लागि एयरपोर्ट अध्यागमनलाई पनि चुस्त बनाएको अध्यागमनका निर्देशक केदार न्यौपानेले बताए । उनले बाह्रखरीसँग भने, “सुरक्षाकर्मीले दिएको सूचनाका आधारमा हामीले कुनै आपराधिक क्रियाकलापमा संलग्न ब्यक्ति नेपाल प्रवेश गर्न नपाओस भन्ने विषयमा हामी गम्भीर भएर लागेका छौं ।”
 
सुरक्षाका दृष्टीले एयरपोर्ट सुरक्षित मानिए पनि अध्यागमनका कर्मचारी र भन्सारका कर्मचारीलाई पनि विमानस्थल सुरक्षाको विषयमा जानकारी र सचेतता बढाउनुपर्ने सुरक्षा निकायले बताएको छ । “कहिल्यै विमानस्थलको सुरक्षाका विषयमा कुनै पनि तालिम र प्रशिक्षण नभएका र औपचारिक, अनौपचारिक शिक्षा पनि नलिएका व्यक्तिलाई सिधै सुरक्षा क्षेत्रमा प्रवेश गराउँदा उ आफै जानी वा नजानी सुरक्षा खतरा हुनसक्छ । यसतर्फ पनि विशेष ध्यान पुर्याउन जरुरी छ,” सशस्त्र प्रहरी बलका प्रवक्ता एआईजी शैलेन्द्र खनालले भने ।
 
विमानस्थल सुरक्षामा अध्यागमन, भन्सार र सुरक्षाकर्मी संयुक्त परिचालित हुन्छन् तर उनीहरुमा एकता हुँदैन, एक कर्मचारीले नाम नबताउने शर्तमा गुनासो गरे ।
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७३  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC