site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्य विधाबाट आएकाहरुकै चलचित्र ‘हिट’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र क्षेत्रमा लगानी गरेर त्यसबाट मुनाफा कमाउने कमै मात्र निर्माता छन् । केही पुराना र अनुभवीले लगानी सुरक्षित गर्न सके पनि नयाँले भने घाटा नै बेहोरिरहनु परेको छ ।

वार्षिक सयवटा चलचित्र निर्माण हुँदा मुस्किलले पाँचवटा चलचित्रले मुनाफा कमाइरहेका छन् । यसरी मुनाफा कमाउने प्रायः अनुभवी निर्माता तथा निर्देशक नै छन् । नयाँ निर्माता तथा निर्देशकहरुले पनि चलचित्रमा लगानी गरिरहेको मोटो रकम गुमाउनु परिरहेको छ ।

यसो हुनुमा चलचित्रबारे बुझ्दै नबुझी आउने निर्मातासँगै निर्देशकको पनि हात रहेको निर्माता तथा कलाकार निर्मल शर्मा बताउँछन् । “चलचित्रबारे जानकारी नभएका निर्माताहरुलाई ‘छक्का पञ्जा’को ग्रस कलेक्सनको आँकडा देखाएर लगानी गर्न उक्साउने निर्देशकहरु हाम्रोमा थुप्रै हुनुहुन्छ,” निर्मल भन्छन्, “चलचित्रमा लगानी, यसमा रहेको जोखिमलगायत नबताई १८/२० करोड कलेक्सनको लोभ देखाएर फसाउने निर्देशक यसमा धेरै हदसम्म जिम्मेवार छन् ।”

Agni Group

उनी कसैले फकाएको भरमा नबहकिन निर्माताहरुलाई आग्रह गर्छन् । चलचित्र निर्माण, वितरण, प्रदर्शन तथा बजारका विषयमा पर्याप्त बुझेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिन्छन् ।

“चलचित्र विकास बोर्डले नयाँ लगानीकर्ताका लागि चलचित्र निर्माण, यसको बजार र प्रतिफलबारे काउन्सिलिङ गर्नुपर्छ,” उनी भन्छन्, “वास्तविकता के छ बोर्डले सुरुमै स्पष्ट पार्न सकेको खण्डमा नबुझेर लगानी गर्नेहरु फस्नबाट जोगिन्छन् ।”

Global Ime bank

निर्देशक मनोज पण्डित क्षमताअनुसार चलचित्रले बजार पाउन नसकेको बताउँछन् । कतिपय चलचित्र राम्रा हुँदाहुँदै पनि हलमा नचलिरहेको अवस्था रहेको उनको भनाइ छ ।

हलमा नचल्नेबित्तिकै नेपाली चलचित्रको लगानी डुब्ने गरेको उनी सुनाउँछन् । “नेपाली चलचित्र हलमा चलेनन् भने करिब–करिब अधिकांश लगानी डुब्छ । डिजिटल मार्केट बलियो नहुँदा यो समस्या वितरकहरुले भोगिरहनु परेको छ,” मनोज भन्छन्, “विदेशी बजारमा नेपाली चलचित्रले आफ्नो पहुँच स्थापना गर्न नसक्नु पनि यसको अर्को कारण हो ।”

चलचित्रको कमजोर बजारका कारण अर्थतन्त्रमा पनि उल्लेख्य योगदान चलचित्रको नरहेको बताउँदै उनी भन्छन्, “अधिकांश निर्माताहरु चलचित्रबाट आएको आम्दानीबाट घर चलाउन नै सकिरहेका छैनन् । चलचित्रमा लगानी गरेर जीविकोपार्जनका लागि अर्कैै कुनै पेसा वा व्यवसाय गरिरहनु परेको अवस्था छ ।”

उनी निर्माणबाटै भन्दा पनि अरु क्षेत्र तथा विधाबाट आएकाहरु निर्माणमा सफल देखिएको बताउँछन् । भन्छन्, “अहिलेको सर्वाधिक सफल सिरिज छक्का पञ्जा सानो पर्दाबाट आएको समूहको हो ।” दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल काँचको पर्दामा हास्यव्यंग्यबाट रजतपटमा आएको समूह हो । उनीहरुले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा’ सिरिज निरन्तर नाफा कमाउन सफल छ ।

वितरणबाट आएका छविराज ओझा, अभिनयबाट आएकी झरना थापा, लेखनबाट आएका विकासराज आचार्यका चलचित्रले मुनाफा कमाइरहेका छन् । यस्तै, अभिनयमा पनि नाटकबाट आएका कलाकारको बोलवाला छ ।

वितरक र सिनेमा हलको चर्को राजनीति पनि नयाँ निर्माताहरुको लगानी फस्नुको अर्को मुख्य कारण रहेको धेरै निर्माता, निर्देशकलहरुले लामो समयदेखि बताउँदै आएका छन् । नेपाली चलचित्र उद्योगको पहिलो नायिका भुवन चन्द भन्छिन्, “मैले करोड रुपैयाँ घाटा खाएर त के भयो ? मैले यो चलचित्र रिलिजका लागि हुने अर्बौँ मूल्यको राजनीति बुझ्ने मौका पाएँ ।”

भुवनले चलचित्र ‘साइनो’ निर्माण गरेपछि उनले रिलिजका लागि गरेको संघर्ष र त्यसक्रममा भएको राजनीतिप्रति असन्तुष्टि जनाउँदै एक सार्वजनिक कार्यक्रममा भनेकी थिइन्– राजनीति क्षेत्रमा भन्दा चलचित्र रिलिजमा धेरै राजनीति हुन्छ । वितरक र हल सञ्चालकको कोपभाजनमा परेको दाबी उनले गर्दै आएकी छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC