site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन बालकको मृत्यु ‘निसासिएर’
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका तीन बालकको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टअनुसार ती तीन बालकको निसासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । केही दिनअघि मात्रै आएको रिपोर्टमा अक्सिजनको अभाव (सोफोसेकन)ले गर्दा निसासिएर मृत्यु भएको भन्ने उल्लेख भएको उनले बताए । ती बालकहरुसँग कसैको पनि दुश्मनी नभएको र बन्धक बनाउने सम्भावना पनि नरहेको प्रहरीले जनाएको छ ।

गाडीभित्र कसरी बत्ती बल्यो भन्ने अनुसन्धानका लागि घोराहीबाट मेकानिकल इन्जिनियरलाई झिकाइएको थियो । ती इन्जिनियरसहित प्रहरीले गरेको अनुसन्धानानुसार बालकहरुले सुरुमा गाडीका विभिन्न पाटपुर्जाहरु चलाएको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गाडीका वाइफर अन हुनु, रेन्टर लक रहनु, एसी खुलेको अवस्थामा फेला परेको थियो भने ब्याट्री सकिएको थियो । यस्तो अवस्थामा अचानक बत्ती बल्ने र बन्द हुने अवस्था रहन सक्ने अनुसन्धानबाट खुलेको छ ।

बालकहरु खेल्ने क्रममा गाडीभित्र गएको हुन सक्ने र ढोका ‘लक’ भएर बाहिर निस्किन नसकेको हुन सक्ने भन्दै यस विषयमा अनुसन्धान गरेर अदालतमा मिसिल पठाएको प्रहरीले जनाएको छ ।

Global Ime bank

उक्त घटना अनुसन्धानका लागि गाडी धनी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका गाडीका साहु तुलसीपुर–६, स्याउलीबजार निवासी ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा निवासी ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई प्रहरीले आज (बिहीबार) अदालतमा हाजिर गराउँदै छ ।

गएको वैशाख ३१ गते पीडितले शव बुझिसकेका छन् । तुलसीपुर नगरपालिकाले प्रत्येकलाई २५/२५ हजार रुपैयाँ नगद दिनुका साथै नगर कार्यपालिकाले थप एक लाख दिने सहमतिअनुसार पीडितले शव बुझेका हुन् । उनीहरुलाई दलित आयोगले पनि थप पाँच लाख नगद दिने गरी पहल थाल्ने सहमति भएको हो । पीडित परिवारका बालकलाई उच्च शिक्षासम्म निःशुल्क पढाउनुका साथै पीडित परिवारका एकजना सदस्यलाई रोजगारीको समेत व्यवस्था गर्ने सहमति भएको थियो ।

यसअघि, शव पोस्टमार्टम गर्दा पनि उनीहरुको निसासिएर मृत्यु भएको भन्ने रिपोर्ट आएपछि भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको थियो । विषाक्त पदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन भिसेरा परीक्षण गरिन्छ ।

वैशाख १८ गते बेलुका तुलसीपुर–६, स्याउलीबजारमा पार्किङ गरिराखेको भारतीय नम्बरप्लेट आरजे०१सीसी ०८८५ नम्बरको कारभित्र तुलसीपुर–६, बरूवा गाउँका भीमबहादुर परियारका छोरा नौ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा सात वर्षीय सुवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार मृतावस्थामा फेला परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC