site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा बिहीबारदेखि काेराेनाविरुद्धकाे खोपका लागि नाम दर्ता सुरु
सांकेतिक तस्बिर
Ghorahi CementGhorahi Cement

इस्लामावाद । पाकिस्तानमा बिहीबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता सुरु गरिने भएको छ । 

कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान सुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् । 

Agni Group

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीबारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । 

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेस्नल कमान्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् । 

Global Ime bank

“एनसीओसीको आजको बैठकले बिहीबारदेखि नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ,” उनले ट्विटरमा लेख्नु भएको छ । 

खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताएका छन् ।

खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC