site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ सरकारले अध्यादेशमाफर्त बजेट ल्याए प्रतिकार गर्ने विपक्षी चार दलको चेतावनी
Ghorahi CementGhorahi Cement

विराटनगर ।  प्रदेश नं १ का विपक्षी दलहरूले नीति तथा कार्यक्रम ल्याएर संसद्बाटै बजेट ल्याउन माग गरेका छन् । अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको भन्दै विपक्षी दलले सरकारको विरोध गरेका हुन् ।

प्रदेशमा बजेट अधिवेशन आह्वान गरेर पूर्व बजेट छलफल गराउन विपक्षी चार दलले माग गरेका हुन् ।

चार दलहरूबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको बताए । सरकारले पूर्व बजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै उनले भने, "जेठ १६ गतेभित्र बजेट माथि पूर्व छलफल गराउनु पर्ने तर सरकारले बजेट अधिवेशन नै बोलाउने छाँटकाँट देखाएको छैन ।" 

Agni Group

उनले प्रदेश सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको पनि बताए ।

नेकपा माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले नीति तथा कार्यक्रम नै छल्ने र संघ सरकारको सिको गर्दै अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको बताए । 

Global Ime bank

पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका उनले भने, "अघिल्लो वर्ष पनि कोरोना कारण देखाएर अध्यादेशबाट बजेट ल्याउने भनेर दबाब आएको थियो तर मैले मानिन्छ ।"  

उनले सरकारलाई दबाब दिन आफूहरू एक ठाउँमा उभिएको र नमाने विपक्षी दलको तर्फबाट समावेदन दर्ता गरी संसद् बैठक बोलाउन माग गरिने बताए ।

नेपाली कांग्रेस दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो, जसपा नेपा दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश १ सरकारको ध्यानाकर्षण गरेका छन् । 

विपक्षी दलले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद् विघटन अधिनायकवाद उन्मुख भएको ठहर गरेका छन् । कोभिड महामारीमा प्रदेश सरकारको उपस्थिति शून्य भएकोले सरकारले अस्पताल, आइसोलेसन र स्वास्थ्य सम्बन्धी व्यवस्थापन प्रभावकारी बनाउन, निशुल्क स्वास्थ्य उपचार गराउन र बन्दाबन्दीको कारण प्रभावित मजदुर, किसान, उधोगी, व्यवसायी, शैक्षिक तथा अन्य प्रभावित क्षेत्रलाई विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC