site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति : ११ लाखभन्दा बढी मानिसको उद्धार
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षासहितको चक्रवातका कारण लाखौँ मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक विवरणमा आँधीका कारण दुईजनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा सुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षासहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

Agni Group

बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौँ बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्ला–अग्ला छालहरुले स्थानीयवासीका घर, पसल र खेतीपाती पूरै जलमग्न बनाएको छ ।

दक्षिणस्थित पटुवाखाली जिल्लाको रंगबाली गाउँका २० भन्दा बढी गाउँहरु पूरै डुबानमा परेको एकजना वरिष्ठ प्रशासक मस्फिकर रहमानले जानकारी दिए । उनले नदीका दुईवटा तटबन्ध भत्किएर गाउँ पूरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपत्कालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

Global Ime bank

भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडाघुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिए ।

मंगलबारयता मात्र उडिसाका चन्दबाली र पारादीप क्षेत्रमा १७ सेन्टिमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुंगाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन् । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC