site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२८०० अंकको विन्दु पार गरे पनि अन्तिममा १३ अंकले घट्यो नेप्से
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको छ ।

मंगलबार २७९३.८१ अंकमा बन्द भएको नेप्से प्रिओपन सेसनमा नै करिब साढे २२ अंकले बढेर २७१६.२६ अंकमा खुलेको थियो । दिनभरजसो उतार–चढाव देखिएको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २८२२.२३ अंकको ऐतिहासिक उचाइ बनाउँदा २७६९.२० अंकको तल्लो विन्दु कायम गरेको थियो ।  नेप्सेले २८०० अंकको विन्दु पार गरेको पहिलोपटक हो ।

बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकममा भने बुधबार इतिहास रच्दै करिब १२ अर्ब पुगेको छ । मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको बजारमा आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजारको कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निष्धाज्ञाले गर्दा व्यापार–व्यवसाय सबै बन्द हुँदा व्यापारी सेयर बजारमा सक्रिया भएको धितोपत्र दाला व्यवसायीहरु बताउँछन् । जसले गर्दा बजारमा कारोबार रकम एकाएक बढेको छ । गत साता ७ अर्बभन्दा तलको कारोबार भइरहेको बजारमा यो साता भने लगातार उच्च रकमको कारोबार भइरहेको छ ।

नेप्सेमा आज बजारलाई लिड गर्ने बैंकिङसँगै व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फन्ड उपसूचकमा वृद्धि हुँदा त्यसबाहेक सबै उपसूचक घटेको छ । बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढे पनि हाइड्रोपावर उपसूचक २.११ प्रतिशत, विकास बैंक उपसूचक, १.६७ प्रतिशत, लगानी उपसूचक १.७६ प्रतिशत निर्जीवन बिमा उपसूचक १.१ प्रतिशत, उत्पादन उपसूचक १.११ र अन्य उपसूचक १.२२ प्रतिशतले गिरावट भएको छ । जसले गर्दा नेप्से पनि करेक्सन भएको हो ।

Global Ime bank

यता, होटेल तथा पर्यटन उपसूचक ०.४१, व्यापार उपसूचक ०.८६ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.०८ अंकले घटेर ४९६.१४ अंकमा बन्द भएको छ ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख १८ हजारको कारोबार भएको छ । यस्तै, नेसनल लाइफ  इन्स्योरेन्सको ४५ करोड ३४ लाख ७३ हजार र नेसनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा समता घरेलु लघुवित्त, रुरु जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

यता, ङ्यादी ग्रुप पावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्दा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ५.७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC