site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्मचारीको तलब कटौतीको तयारी, पार्किङ् शुल्क छुटको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी वायुसेवा सञ्चालकहरुले मे महिना देखि पनि हवाई सेवा सञ्चालन हुन नसके पार्किङ शुल्क छुट माग्ने र कर्मचारीको तलब कटौती गर्ने भएका छन् ।

निषेधाज्ञा अनिश्चित हुँदा कम्पनी धानिन नसक्ने भएकाले पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिन माग गर्नुपर्ने अवस्था आउने निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । त्यस्तै कम्पनीको खर्च कटाउन कर्मचारीहरुको तलब सुविधा पनि कटौतीको तयारी गरिएको उनले बताए ।
 
मे महिनादेखि लागु हुने गरी तलब कटौतीको तयारी गरिएको प्रवक्ता कँडेलले बताए । “अहिलेसम्म सबै तलब दिएका छौं । निषेधाज्ञा लम्बिने जस्तो देखिएकाले मे देखि लागु हुने गरी आधारभूत तलब मात्रै दिने कुरा भइरहेको छ । तर सबै एयरलाइन्समा लागु भएको छैन,” उनले भने ।  

उनका अनुसार न्यूनतम १४ हजार तलब खाने कर्मचारीको कटौती नगर्ने सो भन्दा माथिका कर्मचारीको हकमा ६०÷६५ प्रतिशत दिने अरु कटौती गर्ने तयारी गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारले अर्को हप्तादेखि खोल्छौं भन्यो भने केही गर्नै परेन । निषेधाज्ञा लम्बिने स्थिति बन्यो भने तलब कटौती गर्नैपर्ने स्थिति हुन सक्छ,” उनले भने ।

संघमा यस विषयमा कुरा आइरहेपनि औपचारिक रुपमा निर्णय भने नभइसकेको उनले बताए । “आजै केही एयरलाइन्सले निर्णय पनि गर्छन् होला तर त्यो उनीहरुको निर्णय हो । संघले औपचारिक निर्णय गरेको छैन । एयरलाइन्स मे महिनासम्म पनि खुलेन भने तलब कटौती गर्नुपर्ने बाध्यता हुन्छ,”उनले भने ।
 
पार्किङ शुल्क छुट माग्दै
 
वायुसेवा कम्पनीहरुले कर्मचारीहरुको तलब कटौतीसँगै सरकारसँग पार्किङ शुल्क छुट गर्न आग्रह गरेका छन् । 

Global Ime bank

“निषेधाज्ञा अझै जाने देखियो । हामीले यति लामो समयसम्म जान्छ भन्ने सोचेका थिएनौँ,” उनले भने, “त्यसैले खर्च कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको छ ।”

यद्यपी संघले औपचारिक रुपमा प्राधिकरणलाई पत्र भने पठाइसकेको छैन । प्रवक्ता कँडेलका अनुसार संघले बन्द भएको जेठ महिनादेखि बन्द खुलेको एक महिनापछिको पार्किङ छुटको माग गर्न लागेको हो । 

“छुटको लागि अनौपचारिक रुपमा कुराकानी भइरहेको छ औपचारिकरुपमा पत्र लेखेरै छुट दिन माग गर्दैछौँ,” उनले भने ।  
 
उनका अनुसार यो अवधिमा प्रत्येक एयरलाइन्सको १ करोड पार्किङ शुल्क हुन्छ । यो पार्किङ चार्जको मात्रै हो । त्यसमा २५ लाख रुपैयाँ लिनु, बाँकी ७५ लाख रुपैयाँ छुट दिन आग्रह गरिरहेको उनले बताए ।
 
संघले हाल उठिरहेको हेलिकप्टर र जहाजको पनि पार्किङ छुटको माग गर्न लागेको छ । कँडेलले उडेको जहाजहरुको अझ बढी शूल्क तिर्नुपर्ने बताए । “हेलिकप्टर, उडेको जहाज शुल्क बढी हुन्छ । उडेको जहाजको लागि सेक्युरिटी, नेभिगेजन, ल्यान्डिङलगायतका चार्ज तिर्नुपर्ने हुन्छ । त्यसमा पनि ७५ प्रतिशत छुट दिन माग गर्न लागेको उनले बताए ।

“जसरी पहिला छुट दिएको थियो, सोही अनुसार छुट दिन माग गर्न लागेको हो,” उनले भने ।
 
कोभिड–१९ दोस्रो लहरले विकराल रूप लिएपछि सरकारले दुईसाता अघि  आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । 

वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिए पनि केही समयसम्म वायुसेवा पनि नियमित सञ्चालन भइरहेको थियो । 

सरकारले आन्तरिकतर्फको पनि उडान अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेपछि सो अवधिको पार्किङ शुल्क छुट र कर्मचारीको तलब कटौती गर्नुपर्ने अवस्था आएको संघले वायुसेवा सञ्चालकहरुको भनाइ छ ।
 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC