site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घट्दैछ संक्रमणको दर, जेठ १३ पछि हट्ला त काठमाडौंको निषेधाज्ञा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर घटेको छ । पछिल्ला तीन दिनयता देशभर नै उकालो लागेको संक्रमणको दर केही घट्दो क्रममा देखिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार वैशाख २८ गतेसम्म संक्रमण दर ४८ प्रतिशत पुगेको थियो भने आइतबार (हिजो) ३२ प्रतिशतमा झरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पराजुलीले भने, “पीसीआर गर्नेहरु पनि बढेका छन् । यसबाहेक निषेधाज्ञामा कडाई गरेका छौं । मास्क नलगाई हिड्नेलाई कारवाही गरेका छौं । स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुमगन भइरहेको छ ।”

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार दैनिक तीन सिफ्टमा ४ हजार ५०० प्रहरी परिचालन भएका छन् । एक सिफ्टमा १ हजार ५०० प्रहरी खटिने गरेका छन् । यसबाहेक सशस्त्र प्रहरी पनि परिचालित छन् ।

Global Ime bank

निषेधाज्ञाका बीचमा अत्यावश्यक कामबाहेक निस्किएका २० हजारभन्दा बढी सवारी–साधनलाई होल्ड गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार वैशाख १३ गतेपछि हालसम्म २ लाख ३० हजारभन्दा बढीले काठमाडौं छाड्ेका छन् । काठमाडौं प्रशासनले अत्यावश्यक कामका लागि घर जानेहरुलाई सम्बन्धीत स्थानीय तहको सिफारिसका आधारमा सहजीकरण गर्दै आएको छ । वैशाख १६ गतेबाट लागु भएको निषेधाज्ञा यही जेठ १३ गतेसम्म तोकिएको छ ।

संक्रमणको दर घट्दै गएको अवस्थामा जेठ १३ गतेबाट निषेधाज्ञा हट्छ भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, “अहिले नै हट्छ भनेर त भन्न सकिँदैन । अझै १० दिन बाँकी छ । त्यो बेलासम्म संक्रमणको दर कस्तो रहन्छ त्यसका आधारमा निर्णय हुन्छ ।”

संक्रमणको दर घट्दै गए निषेधाज्ञा केही खुकुलो हुनसक्ने अनुमान भने हुँदै आएको छ । भारतमा पनि केही दिनयता संक्रमणको दर घट्दो छ । जसले नेपालमा पनि संक्रमणको दर घट्छ कि भन्ने आंकलन हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC