site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस
Ghorahi CementGhorahi Cement

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । 

उनमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उनी दोस्रो व्यक्ति हो । गत वर्ष कोरोना सङ्क्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि यही डायलासिस गरिएको थियो । 

Agni Group

शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । “उहाँको यसअघि सोमबार र बिहीबार डायलासिस हुँदै आएको थियो, अब शुक्रबार र मङ्गलबार डायलासिसको तयारी गरेका छौ,” उनले भने, “शनिबार डायलासिस केन्द्र बन्द हुने भएकाले शुक्रबार डायलासिस गराएपछि निसङ्क्रमण गर्न सजिलो हुन्छ ।”

कोरोना सङ्क्रमित ती व्यक्तिलाई एक्लै राखेर डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । “सबै गइसकेपछि स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उहाँको डायलासिस गर्नुहुन्छ,” उनले भने । कोरोना सङ्क्रमितको ती पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उनको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ ।

Global Ime bank

केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC