site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बादललाई साक्षी राखेर जेठ २ मा फर्कने ‘सहमति’
शुक्रबार सिहंदरबारमा बसेकाे एमाले नेताहरूकाे बैठक ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई महिनाको रस्साकस्सीपछि सत्तारूढ नेकपा एमालेका दुवै (प्रधानमन्त्री केपी शर्मा ओली र खलनाथ खनाल तथा माधवकुमार नेपाल समूह) जेठ २ लाई आधार बनाएर अघि बढ्न सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार अबेर रातिसम्म बसेको बैठकले पार्टी एकतापूर्व अर्थात् जेठ २ लाई नै प्रस्थान विन्दु बनाएर सहमति खोज्ने निचोड निकालेको भीम रावलले जानकारी दिए । 

“हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि, पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्‍यौँ,” बैठकपछि भीम रावलले भने, “त्यसका लागि २०७५ जेठ २ गतेभन्दा अगाडिलाई आधार बनाएर छलफल गर्ने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजी र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलका सदस्यहरू तय गर्ने कुरा भएको छ । तुरुन्तै कुराकानीलाई अगाडि बढाउने निर्णय भएको छ ।”

त्यस्तै खनाल–नेपाल समूहका अर्का नेता रघुजी पन्तले पनि सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए । “पार्टीलाई एकताबद्ध बनाउने विषयमा नै छलफल केन्द्रित भयो । छलफललाई निरन्तरता दिँदै जानेछौँ,” उनले यति मात्रै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि छलफल सकारात्मक रहेको र जेठ २ लाई सहमतिको प्रस्थान विन्दु मानेर अघि बढ्ने समझदारी भएको बताए ।

बादललाई साक्षी राखेर जेठ २ मा फर्कने समझदारी

Global Ime bank

एमाले विवाद २०७५ जेठ २ मा अड्किएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जेठ २ लाई नै सहमतिको मुख्य आधार बनाएको छ ।

तर, प्रधानमन्त्री ओलीले परिस्थिति निकै अघि बढिसकेको बताउँदै आएका छन् । खनाल–नेपाल समूहको आजको बैठकलाई ओली समूहले रणनीतिकरूपले उपयोग गर्‍यो । खनाल–नेपाल समूहले जेठ २ अगाडिका कमिटी, नवौँ महाधिवेशनले पारित गरेको विधानलाई सहमतिको आधार बनाइनुपर्छ भनिरहँदा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहितको बैठक राखिदिए । बादल फागुन २३ को फैसलापछि एमालेको जिम्मेवारीमा आएका हुन् ।

बादलसहितको बैठकलाई स्वीकार गरेपछि जेठ २ को रटानको कुनै अर्थ र उपादेयता नरहने ओली पक्षका एक नेता बताउँछन् ।

“बादललाई स्वीकार गर्नु भनेको फागुन २८ गतेको निर्णय पनि स्वीकार गर्नु हो,” ओली पक्षका एक नेता भन्छन्, “जेठ २ का कमिटीहरू पनि मान्ने कुरा होलान्, जेठ २ मै फर्कने भन्ने कुरा त्यति सम्भव नहोला ।”

माधव नेपाललाई कार्यकर्ताको दबाब
सिहंदरबारमा बैठक सुरु हुनुपूर्व खनाल–नेपाल समूहले जुम मिटिङमा केन्द्रीय सदस्यहरूसँग छलफल गरेको थियो । छलफलमा भाग लिएका सबै केन्द्रीय सदस्यहरूले ओलीसँग सहजै सम्झौता नगर्न दबाब दिएका थिए । उनीहरूले जेठ २ लाई नै आधार बनाएर सहमति खोज्नुपर्ने अन्यथा पूर्ववत् निष्कर्षका साथ चल्नुपर्ने बताएका थिए ।

“हाम्रो जोड तीनवटा कुराका रहेको छ । पहिलो, जेठ २ मा फर्किने । दोस्रो प्रधानमन्त्रीले विश्वासको मत लिनुपूर्व नै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र कथं प्रधानमन्त्रीले अहिलेको संकटमात्रै टार्न खोज्नुभएको हो भने सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने नै हाम्रो साझा निष्कर्ष थियो,” केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने ।

छलफलमा कोको थिए ? 
सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली समूहको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल थिए ।

खनाल–नेपाल समूहको तर्फबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।

दुवैतर्फका यिनै नेतामध्येबाट कार्यदल बनाइने नेताहरूले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC