बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यशराज फिल्मको ५०औँ वार्षिक उत्सवको सम्पूर्ण बजेट भारतको कोभिड राहत कोषलाई
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank

मुम्बई । यशराज फिल्मको ५० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यको समारोहका लागि छुट्याएको सम्पूर्ण बजेट भारतको कोभिड राहतका लागि दिने भएको छ । ५० औँ वार्षिकोत्सवमा भब्य समारोहको योजना बनाइरहेका फिल्ममेकर र यशराज फिल्मका संस्थाक आदित्य चोपडाले यस्तो घोषणा गरेका हुन् ।

कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनाइरहेको अवस्थामा चोपडाले यस्तो निर्णय लिएका हुन् । 

Duber nepal

Agani Group

यशराज फिल्मले २०२० मा ५० औँ वर्ष प्रवेश गरेको हो । तर कोरोनाका कारण कुनै समारोह गर्न पाएको थिएन । तर आदित्यले भने विश्वब्यापी रूपमा आफ्नो सफलतालाई मनाउने योजना बुनिरहेका थिए । 

तर अब योजनामा परिवर्तन ल्याएर समारोहका लागि छुट्याएको सम्पूर्ण बजेट भारतमा कोभिड राहतका लागि प्रदान गरिनेछ । यसका साथै यशराज स्टुडियोले फ्रन्टलाइनमा खटिएका कर्मचारी र क्वारेन्टिनमा रहेकाहरूलाई खानेकुराको व्यवस्था गरिरहेको छ ।
 
स्थिति सामान्य भएर इन्डस्ट्रीले गति लिएपनि ५०औँ वर्ष प्रवेशको समारोह नगर्ने चोपडाले निधो गरिसकेका छन् । 

हालै स्थापन गरेको यस चोपडा साथी इनिसियटिभमार्फत पनि चलचित्र उद्योगमा भएका हजारौँ कर्मचारीहरूलाई आर्थिक सहयोग प्रदान गर्ने योजना बुनेको छ । बलिउड हंगामाबाट
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्