site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा एमालेका दुई पक्षबीचको छलफल सकियो, कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता भर्खरै सम्पन्न भएको छ । 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।

बैठकले जेठ २ गते अघिका कुरालाई आधार बनाएर छलफल गर्ने सहमति गरेकाे नेता भीम रावलले जानकारी दिए । त्यसका लागि कार्यदल बनाइने र कार्यदलमा काे-काे रहने भनेर नेताद्वय ओली र नेपालले टुङ्ग्याउने उनले बताए ।

Global Ime bank

शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । त्यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो ।

बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । कार्यदलमा रहने भनिएका नेताहरुसहित आज वार्ता भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC