site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जन्डिसको बिरामीले जताजतै पहेँलो देखेझैँ राजनीतिमा पनि त्यस्तै देख्नेहरु बढे : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्तिहरु देखा परेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण पछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दे उनले विरोधीहरुले सरकारका उचित प्रयासहरुलाई भ्रमपूर्ण ढंगले प्रचार गरी जनतामा अन्योल सिर्जना गर्ने काम भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कोभिड १९ संक्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाईँमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासहरुलाई ओझेल पार्ने र जनतामा निरासा पैदा गर्ने काम भएको दाबी गरे ।

उनले जन्डिसको बिरामीले जता पनि पहेँलो देखे जस्तै सबै ति भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने काम भएको बताए ।

Global Ime bank

उनले भने, “कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य, अनुचित र तनावग्रत वातावरण बनाउने र जनतामा अन्योल सिर्जना गर्ने, निरासा पैदा गर्ने, सरकारका प्रयासहरुलाई ओझेलमा पार्न खोज्ने, प्रयासहरुलाई असफल पार्न खोज्ने, उचित प्रयासहरुलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहित गर्ने प्रवृत्तिहरु भइरहेका छन् । ”

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले आफुले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गरे ।

त्यसकिसिमका आलोचनालाई उनले मुलुकमा अस्थिरता चाहनेहरुको कुतर्कको संज्ञा दिए ।

उनले भने, “यतिबेला पनि केही अस्थिरता चाहने र मुलुकमा शान्ति देख्न नचाहने तत्वहरुले लोकतान्त्रिक मुल्य मान्यता अनुसार संविधानन र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रित कुतर्क गर्छन् । अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफुले सरकार बनाउन नसक्नु प्रतिगमन । अर्कोले सरकार बनाउनु प्रतिगमन । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट सधै हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । मुलुकमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौ भनेर शान्ति कायम हुन नदिने स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भुमण्डल खडा गर्न खोज्ने प्रयासहरु भएका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC