site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्राे अडानमा ओली सहमत हुनुभएको छ : माधव नेपाल
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफूहरू पुरानै अडानमा यथावत रहेको बताएका छन् । 

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताए । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरूको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए ।

Agni Group

“फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुर्‍याउने हाम्रो बटम लाइन थियो । त्यसमा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरूको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौँ,” उनले भने ।

ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएको नेता नेपाल समूहले ओली सरकारविरुद्ध बन्न लागेको संयुक्त सरकार गठनको प्रक्रियालाई सघाइरहेको थियो ।

Global Ime bank

नेता नेपाल खनाल समुहका सांसदहरू प्रधानमन्त्रीले विश्वासको मत लिने वैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो । तर संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो । 

सोही सहमतिअनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC