site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङको उर्लाबारीमा ११ बेडको आइसोलेसन केन्द्र तयार
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना संक्रमित उपचार गर्न मोरङको उर्लाबारी नगरपालिकाले ११ बेडको आइसोलेसन केन्द्र तयार गरेको छ । 

नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निर्माण गरिएको नरपालिकाका मेयर खड्ग फागोले बताएका छन् । जेठ १ गतेदेखि सेवा प्रदान गर्ने उद्देश्यसाथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा आइसोलेसन केन्द्र बनाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालनको लागि पहल गरेको थियो । अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने भनिएपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि सञ्चालन हुन सकेको थिएन । 

“कोरोनाको दोस्रो लहरको संक्रमण अधिक गतिमा भईरहेको छ । नगरबासी उपचार नपाएर समस्या नहोस भनेर हामीले आफ्नै आईसोलेसन तयार गरेका हौँ,” मेयर फागोले भने । 

Global Ime bank

उर्लाबारीमा हालसम्म कोरोनाको दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ । संक्रमणको दर दैनिक उकालो लाग्दो छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC