site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा स्पुतनिक भी खोप बिक्री सुरु, मूल्य प्रतिडोज भारु ९४८
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

हैदराबाद । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

डा. रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय सहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा. रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ ।

Agni Group

स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा. रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाइ छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न ६ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

Global Ime bank

डा. रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रबन्ध निर्देशक जीभी प्रसादले भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC