विदेश
टोकियो । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समयानुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।
उक्त भूकम्पको तीव्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि साना–ठूला भूकम्प गइरहन्छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १५:३१
प्रतिक्रिया दिनुहोस्