देश
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा अहिले देशका ७३ जिल्लामा लागु भएको छ ।
देशका चार जिल्ला खोटाङ, तेह्रथुम, रुकुम पूर्व र हिमाली जिल्ला मनाङमा मात्रै निषेधाज्ञा जारी गरिएको छैन । निषेधाज्ञा भएका जिल्लाहरुमध्ये पाँच जिल्लामा आंशिक र बाँकी जिल्लाहरुमा पूर्ण निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
हिमाली जिल्ला मुस्ताङलगायतका केही जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १४:५२
प्रतिक्रिया दिनुहोस्