site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख बढीले नपाउँदा चारजनालाई ११ कित्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड  भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरेको  हो ।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा १७ लाख ३६ हजार ७०० आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता सेयर माग भएको थियो । जसमध्ये १६ लाख ८५ हजार ६२७ आवेदकको २ करोड ४७ लाख ७ हजार १०७ कित्ता भेरिफाइ भएको थियो । जसमध्ये ४ हजार ४४२ आवेदकको ६१ हजार ३७२ कित्ताको आवेदन अयोग्य भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, ४८ हजार ३२२ आवेदकको आवेदन भेरिफाइ गर्ने क्रममा रद्द हुँदा १६ लाख ३७ हजार ६५९ आवदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा निष्कासन भएको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता पाएका छन् भने सोमध्ये चारजना आवेदकलाई थप १ कित्ता हुँदा ११ भाग आउनेछ । बाँकी रहेका १४ लाख ३ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

Global Ime bank

कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

कम्पनी आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीका चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने तीनवटा आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागेखोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालन छन् ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् लिमिटेड तथा खारेखोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै, कम्पनीको लगानी रहेको संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ ।

सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५ पैसा र प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC