site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टिपरको ठक्करबाट सेनाका प्युठको मृत्यु, सिपाही गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भइ हाल इन्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका–२, खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

Agni Group

टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगंगा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलाई ठक्कर दिइ फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC