बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रियलको सहज जित 
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । साविक विजेता रियलले सहज जित निकाल्दै उपाधि होडमा आफूलाई उभ्याएको हो । 

बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे ।

Duber nepal

Agani Group

ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए । जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलले उपाधि होडमा बलियो बनेको छ ।

रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ । पराजित ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । 

रियलको जितसँगै उपाधि होड झनै बलियो बनेको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्