site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अब हाम्रो सरकार नबन्ने भयो : माओवादी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब एमालेइतरको सरकार बन्ने सम्भावना नरहेको निष्कर्ष निकाल्दै बहुमतीय सरकार गठनका लागि दाबी नगर्ने भएको छ ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले विपक्षी गठबन्धन बहुमत सरकार गठनका लागि राष्ट्रपति समक्ष नजाने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेताहरुसँग जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै एकतावद्ध हुने नीति लिएको देखिएकाले बहुमतको सरकार बनाउने प्रक्रिया स्थगित गरेको बताए । 

नेता नेपालले धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,“अहिले त्यसरी टिप्पणी नगरी हालौं । अहिले ७६ (२) अन्तर्गतको हाम्रो त्रिपक्षीय मिलेर सरकार नबन्ने भयो,” उनले भने ।

Global Ime bank

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतको सरकार बनाउने तयारी गरेको थियो । तर, नेकपा एमालेका नेता नेपाल समूह र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीको विपक्षमा नजाने भएपछि बहुमतको सरकार गठन नहुने भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC