site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–नेपाल भेटवार्ता : कार्यदल बनाएर पार्टीकाे विवाद साँघुर्‍याउने सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच कार्यदल बनाएर विवाद साँघुर्‍याउने सहमति भएको छ । बिहीबार बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको छलफलमा २०७५ जेठ २ गतेको अवस्थामा फर्कने गरी कार्यदल बनाएर विवाद समाधान गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए । 

“फागुन २८ र त्यसपछि भएका निर्णय फिर्ता गर्ने, सवोच्चको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने । पाटीलाई नयाँ ढंगले अघि बढाउने भनेर कुरा अघि बढाउने । राजीनामा दुई दिनलाई टर्‍याे । मिल्ने दिशामा अघि बढाउछौँ। अब कार्यदल बनाउँछौ” नेपालले सञ्चारकर्मीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

एमालेको खनाल–नेपाल समूहले २०७५ जेठ २ गतेको पार्टीको संरचनामा फर्कनुपर्ने अडान राख्दै आइरहेको छ । ओली पक्षीय नेताहरुको बैठकले गरेको फागुन २८ गते र त्यसपछिका निर्णय फिर्ता हुनपर्ने उसको माग छ ।

Global Ime bank

 तर, ओलीले त्यसबाट फिर्ता नहुने अडान राखेपछि वैशाख ८ र ९ गते होटेल मेरियटमा भएको वार्ता विफल भएको थियो । उक्त वार्तापछि उनीहबीच आज भेट भएको हो । 

आजको भेटले विवाद समाधानको दिशातिर गएको नेता नेपालले बताए । आजको भेटमा सहमति नभए सांसदहरुले राजीनामा बुझाउने तयारी गरेका थिए । बहुमतको सरकारकार गठनका लागि विपक्षी गठबन्धनलाई सहयोग पुर्याउने गरी राजीनामा दिने उनीहरुको तयारी थियो । तर, आजको भेटले राजीनामा टारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC