बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
उपप्रधानमन्त्री–अमेरिकी राजदूत संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल थालेका छन् ।

आज उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन संवाद भएको छ । उनले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे ।

Duber nepal

Agani Group

नेपालमा कोरानाभाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको उनले जानकारी गराए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहयोग गरिने जानकारी दिए । तर, के–के सहयोग गरिने भन्ने बारेमा आउँदो आइतबारसम्म टुंगो लाग्ने उनले बताए ।

उनले हप्तामा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सीसीएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए ।

उनले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्