बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाविरुद्धको दुई फरक खोप लगाउँदा सामान्य असर : अध्ययन
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

लन्डन । कोरोनाभाइरसविरुद्ध एष्ट्राजेनिका र फाइजर खोप मिसाएर लगाएका व्यक्तिहरुमा हल्का र मध्यमखालको असर देखिने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको कमकोभले गरेको अध्ययनले दुई फरक खोप लगाएका व्यक्तिमा चिसो लाग्ने, टाउको र मांसपेशी दुख्नेजस्ता लक्षण देखिएको बीबीसीमा उल्लेख छ ।

Duber nepal

Agani Group

“यो वास्तवमै निकै चाखलाग्दो खोजी हो । यस्तो नतिजाको हामीले आशा गरेका थिएनौँ,” अक्सफोर्ड भ्याक्सिन समूहका प्राध्यापक म्याथ्यु स्न्यापले भने । पहिलेभन्दा दोस्रोपटक फरक खोप लगाउँदा लामो समयसम्म रहने गरी प्रतिरोधी क्षमता बढाएर नयाँ भेरियन्टबाट सुरक्षा प्रदान गर्छ वा गर्दैन भन्ने पत्ता लगाउन गत फेब्रुअरीमा यो अध्ययन गरिएको थियो । अध्ययनमा ५० वर्षमाथिका ८३० स्वयंसेवी सहभागी थिए ।

एष्ट्राजेनिका र फाइजर खोप लगाएकाहरुमा रगत जम्ने समस्या देखिएको केही घटना बाहिरिइरहँदा क्यानडाको ओन्टारियो र क्युबेक राज्यले पनि निकट भविष्यमा फरक–फरक दुई खोप लगाउने निर्णय गरिसकेको छ ।

पहिलो र दोस्रो दुवै डोज एष्ट्राजेनिका खोप लगाउने १० मध्ये एकजनामा ज्वरो आएको थियो । तर, पहिलो एष्ट्राजेनिका र दोस्रो फाइजर लगाउनेमा यो अनुपात बढेर ३४ प्रतिशत पुगेको जनाइएको छ । उनीहरुलाई पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो खोप दिइएको थियो ।

“चिसो, थकान, टाउको र मांसपेशीको दुखाइलगायत लक्षणहरुमा पनि यस्तै समानखालको नतिजा पाइयो,” प्रा. स्न्यापले भने, “नतिजाले हामीलाई के बताउँछ भने तपाईँ वार्डका सबै नर्सलाई एकैदिन खोप लगाउन चाहनु हुन्न । किनकि, त्यसको अर्को दिनमा धेरै अनुपस्थित हुन सक्छन् ।”

अप्रिलमा एक हजार ५० स्वयंसेवी थप गरेर अध्ययनलाई विस्तार गरिएको थियो । उक्त समयमा एष्ट्राजेनिका र फाइजरसहित मेर्डेना र नोभाभ्याक्स खोपलाई मिसाएर अध्ययन गरिएको थियो । अध्ययनको प्रारम्भिक नतिजा मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित छ । तर, यसको विस्तृत विवरण भने आगामी जुन महिनामा मात्र प्रकाशित हुने जनाइएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्