बाह्रखरी
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मोदी सरकारप्रति अनुपमको निन्दा– यो समयमा छवि बनाउनुभन्दा जीवन बचाउन जरुरी छ
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

मुम्बई । भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ । दैनिक सयौँले ज्यान गुमाइरहेका छन् । यस्तो स्थितिमा बलिउडका दिग्गज अभिनेता अनुपम खेरले नरेन्द्र मोदी सरकारको निन्दा गरेका छन् ।

उनले एनडीटीभीलाई अन्तर्वार्ता दिँदै भने, “कोभिड–१९ को दोस्रो लहरका कारण देशमा जे पनि भइरहेको छ, त्यसका लागि सरकारलाई जिम्मेवार बनाउन आवश्यक छ । अधिकारीहरुको सार्वजनिक आलोचना ‘धेरै हिसाबले वैध’ छ ।”

Duber nepal

Agani Group

सामान्यतया अनुपमलाई प्रधानमन्त्री मोदीको प्रशंसक मानिन्छ । उनी प्रधानमन्त्री मोदीको प्रायः तारिफ नै गरिरहका हुन्छन् । तर, देशमा कोभिड–१९ ले संकटकाल नै खडा भएपछि भने उनले पहिलोपटक सार्वजनिक रुपमा सरकारको निन्दा गरेका छन् ।

उनी भन्छन्, “सरकारले यो बुझ्न धेरै जरुरी छ कि यो समय छवि निर्माण गर्नुभन्दा जीवन बचाउन धेरै जरुरी छ । सरकार स्वास्थ्य संकट व्यवस्थापन गर्न कहीँ न कहीँ चुकेकै हो । तर, यो कमजोरीको फाइदा अरु राजनीतिक दलहरुले उठाउनु हुँदैन ।” उनले अब सरकारले चुनौतीहरुको सामना गरेर नागरिकका लागि केही गर्नुपर्नेमा पनि जोड दिए । नवभारत टाइम्सबाट ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्