देश
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।
उनका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई सुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसअघि, कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो । रासस
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १२:३५
प्रतिक्रिया दिनुहोस्