site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड संक्रमितको निःशुल्क उपचार कुनकुन अस्पतालमा भइरहेको छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमण उच्च भएसँगै सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याएको छ ।

उपत्यका बाहिरसमेत गरी संक्रमितको निःशुल्क उपचारका लागि अहिले ८१ वटा अस्पताल छुट्याइएको छ । 

त्यसैगरी सबै सामुदायिक र निजी अस्पतालमा पनि संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गर्न स्थानीय पालिका र प्रदेश सरकारलाई निर्देशन दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी सम्झौता गरिएका अस्पतालहरुमा संक्रमितले निशुल्क उपचार सेवा पाउनेछन् भने उपचार गरेवापत् ती अस्पतालले संक्रमितको अवस्था ३ हजार ५०० देखि १५ हजारसम्म प्रतिव्यक्ति प्रतिदिन सरकारबाट पाउने व्यवस्था गरिएको छ । 

यसरी प्रदान गरिएको रकमबाट अस्पतालहरुले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराउनुपर्ने स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

Global Ime bank

प्रदेश अनुसार कोभिड संक्रमितको निशुल्क उपचारका लागि प्रदेश १ मा ३ वटा, २ मा ५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ५, लुम्बिनीमा १०, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ वटा अस्पताल छुट्याइएको छ ।  

विभिन्न प्रदेशमा कोभिड संक्रमितको निशुल्क उपचार भइरहेको अस्पतालहरु यसप्रकार छन् : 

१.कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
३. नोबेल मेडिकल कलेज टिचिङ अस्पताल
४. जनकपुर प्रादेशिक अस्पताल
५. गजेन्द्रनारायण सिंह अस्पताल 
६. कोरोना अस्थायी अस्पताल, भरतपुर 
६. नेशनल मेडिकल कलेज वीरगञ्ज
७. जानकी मेकिडल कलेज 
८.भक्तपुर अस्पताल
९.प्रसुती गृह थापाथली
१०.केयु टिचिङ अस्पताल
११. वीर अस्पताल
१२. मनमोहन मेमोरियल अस्पताल
१३. भरतपुर अस्पताल
१४. सहीद गंगालाल अस्पताल
१५. राष्ट्रिय ट्रमा सेन्टर
१६. नेपाल प्रहरी अस्पताल
१७. सशस्त्र प्रहरी अस्पताल
१८. राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर
१९. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२०. वीरेन्द्र सैनिक अस्पताल
२१. मानव अंग प्रत्यारोपण केन्द्र
२२. नरदेवी आयुर्वेदिक अस्पताल
२३. सिभिल अस्पताल
२४.पाटन मानसिक अस्पताल
२५. मुलपानी अस्पताल
२६. कान्ती बाल अस्पताल
२७. चितवन मेडिकल कलेज
२८. कलेज अफ मेडिकल साइन्स भरतपुर
२९. नेपाल मेडिकल कलेज
३०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
३१. त्रिवी शिक्षण अस्पताल
३२. नेसनल मेडिकल कलेज, जोरपाटी
३३. पिपल्स डेन्टल हस्पिटल
३४. विपी कोइराला क्यान्सर अस्पताल ,चितवन
३५. काठमाडौं नेसनल मेडिकल कलेज
३६. महेन्द्रनारायण निधी मेमोरियल अस्पताल
३७. समिट अस्पताल, काठमाडौं
३८. हेल्पिङ ह्यान्ड्स अस्पताल
३९. नेपाल भारत मैत्री अस्पताल 
४०. बज्रबाराही चापागाउँ अस्पताल
४१. आनन्दबन अस्पताल
४२. धुलिखेल अस्पताल
४३. केएमसी अस्पताल 
४४. मेडिकेयर अस्पताल
४५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 
४६. बाग्लङु अस्पताल 
४७. कोरोना अस्थायी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
४८. गण्डकी मेडिकल कलेज 
४९. मणिपाल अस्पताल
५०. जीपी कोइराला अस्पताल तनहुँ
५१. राप्ती एकेडेमी अफ हेल्थ साइन्स
५२. राप्ती प्रादेशिक अस्पताल
५३. भीम अस्पताल, भैरहवा
५४. भेरी अस्पताल
५५. लुम्बीनी प्रादेशिक अस्पताल
५६. देवदह मेडिकल कलेज
५७. लुम्बीनी मेडिकल कलेज
५८. युनिभर्सल कलेज अफ मेडिकल साइन्स
५९. नेपालगञ्ज मेडिकल कलेज 
६१. प्रादेशिक अस्पताल सुर्खेत 
६२. अस्थायी कोभिड अस्पताल सुर्खेत 
६३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 
६४. डडेलधुरा अस्पताल
६५. सोती प्रादेशिक प्रादेशिक अस्पताल
६६. टिकापुर अस्पताल 
६७. महाकाली अस्पताल 
६८. बझाङ जिल्ला अस्पताल
६९. जिल्ला अस्पताल, बाजुरा
७०. जिल्ला अस्पताल, डोटी
७१. जिल्ला अस्पताल, बैतडी
७२. जिल्ला अस्पताल , अछाम
७३. जिल्ला अस्पताल दार्चुला
७४. मालाखेती अस्पताल, कैलाली
७५. जोगबुढा अस्पताल, डडेलधुरा
७६. निसर्ग अस्पताल, धनगढी
७७. माया मेट्रो अस्पताल धनगढी
७८. पदम अस्पताल अत्तरीया
७९. कैलाली अस्पताल, धनगढी
८०. नवजीवन अस्पताल, धनगढी
८१. सुदूरपश्चिम सामुदायिक अस्पताल, अत्तरीया
 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC