site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै संक्रमित
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

गलेश्वर । शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा. कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेल बताउँछन् ।

होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटरले जाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ । घाँटी चिलाउने, खसखसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिनेजस्ता समस्या देखिएमा तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उनले बताए ।

Global Ime bank

बुधबार बेनी अस्पतालमा मृत्यु भएका बेनी नगरपालिका–५ का ४१  वर्षीय  पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि  अस्पतालमा ल्याइएको थियो । हाई फ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । हिजो बुधबार मात्र म्याग्दीका तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा कोरोना पुष्टि भएका नौजनाको मृत्यु भएको छ । त्यसैगरी, जिल्लामा बिरामी भइ थप उपचारका लागि काठमाडौं र पोखरा गएका कोरोना संक्रमित पाँच र म्याग्दी स्थायी ठेगाना भइ काठमाडौं र पोखरालगायत सहरमा बसोबास गर्ने पाँच गरी वैशाख महिनामै १९ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC