site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संक्रमितको उपचार गर्न प्रदेश–१ मा २१ सय बेड थप्ने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । कोरोना संक्रमण भयावह रुपमा बढ्न थालेपछि प्रदेश नम्बर–१ सरकारले अस्पतालहरुमा दुई हजार १०० बेडको थप्ने गृहकार्य सुरु गरेको छ । प्रदेशमा सञ्चालित ठूला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि बेड संख्या थप्न लागिएको हो ।

केन्द्र सरकारसँग सहयोग, समन्वय र अनुमतिका लागि प्रदेशस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति (पीसीसीएमसी) ले प्रस्ताव गर्नेछ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल, नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र झापास्थित बीएन्डसी अस्पतालमा कम्तीमा ५००/५०० बेड क्षमताको तथा न्युरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पतालमा १०० बेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल सञ्चालनका लागि सीसीएमसीसमक्ष प्रस्ताव गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै, निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाइ थप अनुदान उपलब्ध गराउन र गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरणका लागिसमेत केन्द्र सरकारसमक्ष लेखी पठाउने निर्णय गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC