राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बूढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच बिहान ११ः१५ बजेदेखि भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।
बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज सकिँदै छ । यस्तो बेलामा विपक्षी गठबन्धनको विपक्षमा रहेका नेता महतो बूढानीलकण्ठ पुगेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ ११:३९
प्रतिक्रिया दिनुहोस्