site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै बस्तीमा ४० संक्रमित
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

महोत्तरी । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ संक्रमण दिनदिनै बढेपछि त्रास बढेको छ ।

बस्तीमा यही वैशाख १७ गते भएको विवाह समारोहयता संक्रमण हुनेक्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी संक्रमण पुष्टि भइसकेको छ । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व–पश्चिम राजमार्गबाट ६–७ किलोमिटर उत्तर चुरे पहाडी शृंखलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता संक्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।

बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्तीकेन्द्रित स्वाब संकलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा संक्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । संक्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ ।

Global Ime bank

ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा संक्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगर क्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा संक्रमण पुष्टिका घटनामध्ये अन्य वडा, बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।

पछिल्लो एक–दुई दिनयताचाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य संघले जारी गरेका सूचना प्रभावले सामूहिक हिँड्डुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउँछन् । यसबीचमा संक्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेसनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC