खेल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो ।
चेल्सीको मैदानमा आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे । इमीलले खेलको १६औँ मिनेटमा गोल गरेका हुन् ।
च्याम्पियन्स लिगको फाइलन खेल्न लागेको चेल्सीले खराब नतिजा भोग्नुपरेको हो । थोमस टुच्चेलको प्रशिक्षकत्वमा रहेको चेल्सीलाई अघिल्लो सिजन च्याम्पियन्स लिग खेल्न बाँकी खेलहरु जित्नुपर्ने बाध्यता छ ।
जितसँगै आर्सनलले ३६ खेलबाट ५५ अंक जोडेको छ । आर्सनल लिगको आठौँ स्थानमा छ । पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ ०८:५९
प्रतिक्रिया दिनुहोस्