बाह्रखरी
Ncell inner sticky
फोटो फिचर प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काेराेना महामारीबीच रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (तस्बिरहरू)
KNP nepal
KNP nepal
सुनिल प्रधान
बाह्रखरी - सुनिल प्रधान बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।  हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार बुधबार साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो । 
आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताए । “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण  भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो,” उनले भने ।

रातो मच्छिन्द्रनाथको रथ जात्रा नेपालको सबै भन्दा लामो जात्रा मानिन्छ। हिन्दू र बुद्ध दुवैले मान्ने रातो मछिन्द्रनाथलाई मनाएमा राम्रो वर्षा हुने र खेती सप्रिने विश्वास गरिन्छ । 

आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लग्ने काम भइरहेको डंगोलले जानकारी दिए । 

Duber nepal

Agani Group

तस्बिरहरू : अभिषेक महर्जन

 

 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्