बाह्रखरी
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बलिउडमा लिंगभेद हुने गरेको अभिनेत्री दियाको दाबी
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank

मुम्बई । अभिनेत्री दिया मिर्जाले चलचित्र उद्योगमा ‘सेक्सिज्म’ (लिंगभेद) हुने गरेकाे बताएकी छन् । ‘रहना है तेरे दिल मे’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री दियाले आफ्नो पहिलो चलचित्रमै यसको शिकार भएको पनि खुलासा गरेकी छिन् । 

“मानिसहरू लेख्थे, सोच्थे र यस्ता सेक्सिस्ट चलचित्र बनाइरहेका थिए र म ती कथाहरूको एउटा हिस्सा थिएँ । ‘रहना है तेरे दिल मे’ मा पनि सेक्सिज्म थियो । म त्यस्ता मानिसहरूसँग अभिनय गरिरहेको थिएँ र काम गरिरहेको थिएँ ।”

Duber nepal

Agani Group

पछिल्लो समय चलचित्रमा त्यति सक्रिय नभएपनि उनको मुख्य भूमिका रहेका ‘दस’, ‘लगे रहो मुन्नाभाइ’ र ‘सन्जु’ लगायतका चलचित्र हिट बनेका थिए । 

दिया अगाडि थप्छन्, “हामी पितृसत्तात्मक समाजमा बस्छौँ । यो इन्डस्ट्रीको नेतृत्व धेरै मात्रामा पुरुषहरूले गर्दछन् । यहाँ लिंगभेद हुन्छ र धेरै हदसम्म मलाई लाग्छ कि यो (कन्सियस सेक्सिजम) पनि होइन । किनभने प्रायः पुरुष निर्देशक, लेखक र कलाकारहरू आफ्नो सेक्सियस सोचबारे अन्जान छन् ।” नवभारत टाइम्सबाट
 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्