site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन र इन्भेष्टमेन्ट बैंककाे मर्जर सम्झाैता भाेलि, अध्यक्षमा पाँडे र सीईओमा राणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रारम्भिक सम्झौता (एमओयू)  बिहिबार हुने भएकाे छ ।
उच्च व्यवस्थापन र नाम के रहने भन्ने लामाे विवादमा सहमति भएसँगै गत साता बसेकाे दुवै बैंककाे सञ्चालक समिति बैठकले मर्जरमा जाने प्रस्ताव अनुमाेदन गरेकाे थियाे ।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष  र स्वाप रेसियो तथा उच्च व्यवस्थापन जस्ता विषयमा सहमति जुटेसँगै मर्जरकाे प्रारम्भिक सहमतिमा हस्ताक्षर हुन लागेकाे हाे । भाेलि ३ बजे छायाँ कम्प्लेक्सकाे हाेटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झाैतामा हस्ताक्षर गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई बैकबीच कर्मचारी समायाेजन, सफ्टवेयर कुन बैंककाे चलाउने भन्ने विषयमा भने छलफल भएकाे छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मुल्यांकन गराउने र जुन बैंककाे उपयुक्त हुन्छ त्यसलाइ नै अगाडि बढाउने अनाैपचारिक सहमति भएकाे छ ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट ३ र नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३ जना सञ्चालक रहने सहमति भएकाे छ । मर्जरपछि बैंककाे नाम  'हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट' रहने छ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंककाे अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ)  हिमालयन बैंकका अशाेक राणा हुनेछन्। इन्भेष्टमेन्ट सीईओ ज्याेती पाण्डे डेपुटी सीईओ हुनेछन् ।

Global Ime bank

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकक सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरेपनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि  सहमति जुट्न सकेकाे थिएन । वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भएपनि सीईओमा सहमति नजुट्दा त्यतिबेला एमओयू हुन सकेन । तर राष्ट्र बैंकले नै दुवै बैंकलाइ बाेलाएर २ जना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेकाे हाे ।गत बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैककाे बाेर्डले मर्जरकाे प्रताव स्वीकृत गरिसकेकाे छ ।

मर्जरका लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । डीडीएमा हिमालयन बैंककाे २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैंककाे २८१ अंक आएकाे स्राेतकाे दाबी छ।

डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको पुँजीकोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी २७ अर्ब नाघ्नेछ । 

स्राेतका अनुसार एमओयूमा असार मसान्त भित्रै एकीकृत काराेबार सुरु गर्ने लक्ष्य लिइएकाे छ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC