site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताको आशीर्वादले फेरि मुख्यमन्त्री भएँ, गण्डकीलाई उदाहरणीय प्रदेश बनाउँछु : गुरुङ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए ।

“गण्डकी प्रदेशका जनताको आशीर्वाद र कृपाले आज मैले गण्डकी प्रदेशको मुख्यमन्त्री को पदभार सम्हालेका छु । गण्डकी प्रदेशको उन्नति, समृद्धि र विकासका साथ नेपालको उदाहरणीय प्रदेश बनाउने मेरो प्रमुख योजना हो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले दोस्रोपटक मुख्यमन्त्रीको पदभार सम्हालेपछि पहिलो निर्णय स्वरुप गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गरेका छन् । 

बुधबार प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ ९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC