अर्थ व्यवसाय
काठमाडौं । नेट टीभीले नेपालका ग्राहकलाई बलिउडका सुपर स्टार सलमान खानको फिल्म ‘राधे’ को फस्ट डे फस्ट साे गर्ने भएको छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउनेछ । ‘राधे’ मे १३ मै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो ।
नेट टीभी सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहकले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वर्ल्डलिङ्कका ग्राहक नबनेकाहरुले नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ हेर्न सक्नेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८ १९:५४
प्रतिक्रिया दिनुहोस्