देश
काठमाडौं । कोरोना महामारीका कारण यो वर्ष ललितपुरमा सिमित उपस्थितिमा रथ तानिने भएको छ । बुधबार बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर न्यून उपस्थितिमा रथ तानिने छ । ‘‘कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै यसबर्ष रथ तान्ने चौँथो दिन अर्थात जेठ १ गते न्यून उपस्थितिमा रथ तानेर सम्पन्त गरिनेछ,” उनले भने ।
सबै सुरक्षा निकायहरूठको संयोजकत्वमा स्वास्थ्य मापद्धण्ड पालना गरी रथलाई सुरक्षाको घेराभित्र राखेर रथ यात्रा सम्पन्न गर्ने निर्णय भएको सप्रजिअ बस्नेतले जानकारी दिए
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८ १८:०८
प्रतिक्रिया दिनुहोस्