बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूह राजीनामाको मुडमा : रावलले लेखे यस्तो स्ट्याटस
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको निचोडमा पुगेको छ । उक्त समूहले सम्भवतः छिट्टै यसबारे निर्णय लिने बताइएको छ । त्यसको संकेत बुधबार बिहान घनश्याम भुसालले गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नसकिने प्रष्ट्याएका छन् ।

भीम रावल पनि त्यही मान्यतामा उभिएका छन् । उनले बुधबार माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन्, “असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ ।”

“यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ,” उनले थप व्याख्या गरेका छन्, “यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।”

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्