site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अक्सिजन सिलिन्डरको चरम अभाव : निजी अस्पतालहरू थप बिरामीको उपचार गर्न नसक्ने अवस्थामा
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले निजी अस्पताललाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिनभित्र आफैँ अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको चरम अभाव भएको भन्दै अब थप बिरामीको उपचार गर्न नसकिने बताएका छन् । अस्पतालको मागभन्दा थोरै अक्सिजन उपलब्ध भएकोले अस्पतालले थप बिरामीको उपचार गर्न नसकिने बताएका हुन् । 

नर्भिक अस्पताल 
राजधानीको नर्भिक इन्टरनेसनल अस्पतालले अक्सिजनको चरम अभाव भएकोले कुनै पनि बेलामा बिरामीको मृत्यु हुनसक्ने बताएको छ । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै अब पनि सरकारले मागअनुसार अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसेक कुनै पनि बेलामा संक्रमितको मृत्यु हुन सक्ने बताएको हो ।  

Agni Group

नर्भिकमा आफ्नै अक्सिजन प्लान्ट भएकाले दैनिक ३५ देखि ३८ वटा ठूला अक्सिजन उत्पादन गथ्र्यो । अस्पतालसँग भएका सबै बेडमा कोभिडका बिरामी उपचाररत छन् । 

नर्भिक अस्पतालमा १५२ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालकाअनुसार १५० जना बेडमा र दुई जनाको ह्विलचियरमा राखेर उपचार भइरहेको छ । 

Global Ime bank

ग्रान्डी अस्पताल 
ग्रान्डी अस्पतालले अक्सिजनको अभावले थप कारोनाका बिरामीको उपचार गर्न नसक्ने भन्दै सुचना निकालेको छ । अस्पतालको आवश्यकताअनुसार अक्सिजनको व्यवस्था हुन नसकेको भन्दै उपचार गर्न नसक्ने जनाएको छ ।

सूचनामा अक्सिजन सिलिन्डरको मात्रा आवश्यकताअनुसार प्राप्त नभएकाले थप बिरामी भर्ना नगरिने उल्लेख छ । 

नेपाल मेडिसिटी अस्पताल 
ललितपुुरमा रहेको नेपाल मेडिसीटी अस्पतालले पनि मंगलबार एक सुचना जारी गर्दै अक्सिजनको चरम अभाव भएकाले कुनैपनि हालतमा थप बिरामीको उपचार गर्न नसकिने बताएको छ । मेडिसिटी अस्पतालमा दैनिक ४ सय देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यकता छ । तर नेपाल सरकारबाट जम्मा एक सय मात्रै सिलिन्डर उपलब्ध हुने अस्पतालले भएपछि यस्तो सुचना जारी गरेको हो । 

मेडिसिटी अस्पतालको मंगलबारको तथ्यांक हेर्ने हो भने १२० जना कोरोनाका बिरामीको उपचार भइरहेको छ । ४० जनाभन्दा बढी भन्टिलेटरसहित सघन उपचार कक्षमा उपचाररत रहेको अस्पतालले जनाएको छ । 

नेपाल मेडिकल कलेज अस्पताल 
काठमाडौंको जोरपाटिस्थित नेपाल मेडिकल कजेल अस्पतालले अक्सिजन नपुग्ने भन्दै आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको छ । बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न भन्दै मंगलबार जारी गरेको सुचनामा भनिएको छ ‘‘अस्पतालले अक्सिजन आपुर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएकाले तत्काल बिरामीको उपचार गर्न नसक्ने भन्दै बिरामी पक्षलाई आफैँ व्यवस्थापन मिलाउन आग्रह छ । अस्पतालमा अक्सिजनकाे अभाव भएपछि बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सो समायवधी अगाबै आ–आफ्नो विरामीलाई सम्बन्धित सबै बिरामी पक्षलाई जानकारी गराइन्छ ।”

हेल्पिङ ह्यान्ड, भारतमैत्री, मेडिकेयर, दीर्घायु अस्पताल
हेल्पिङ ह्यान्ड्स अस्पताल, मेडिकेयर अस्पताल, भारतमैत्री अस्पताल र दीर्घायु अस्पतालले पनि अक्सिजन सकिएको भन्दै बिरामी उपचार गर्न नसक्ने भन्दै सूचना जारी गरिसकेका छन् । 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मागअनुसार अक्सिजन सिलिन्डरकाे आपूर्ति गर्न नसकिएको बताइसकेकोछ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भएकाले करिब १० हजार मात्रै आपुर्ति गर्न सकिएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC