site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा संक्रमण दर भारतमा भन्दा दोब्बर, सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ संक्रमण दर भारतको भन्दा दोब्बर रहेको जनाएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा संक्रमण र मृत्युदर भारतमा भन्दा धेरै रहेको बताइन् । नेपालमा अहिले कोभिड संक्रमितको संख्या प्रति १० लाखमा ३०४ जना रहेको छ, जुन भारतमा २४० जना प्रति १० लाख रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, परीक्षण गरिएकामा संक्रमण देखिने दर टेस्ट पोजिटिभिटी दर ४५.१ प्रतिशत रहेको छ भने भारतमा २२.६ प्रतिशत रहेको छ । त्यस्तै, मृतयुदर पनि भारतको भन्दा बढी रहेको डा. श्रेष्ठले बताइन् । भरतमा २.५ प्रतिशत रहेको मृत्युदर नेपालमा ३.३ प्रतिशत पुगेको छ ।

नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ ।

Global Ime bank

त्यस्तै, आजसम्म मुलुकभर एक हजार २४१ जना आईसीयू र २८५ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC