site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मजदुरको ज्याला बढ्यो, मूल्यवृद्धि नियन्त्रित भए पनि उपभोग्य वस्तु महँगियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि आम नागरिकको दैनिकीसँग जोडिएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ । सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यसहित मूल्यवृद्धिलाई पनि ७ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा  आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि ०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको उल्लेख छ । गत आर्थिक वर्षको यही महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

तर, चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०७६ चैतको तुलनामा ०७७ चैतमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको रहेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, दात तथा गेडागुडीको मूल्यवृद्धि पनि उच्च रहेको छ । यसले मुल्यवृद्धि नियन्त्रित देखिए पनि आम उपभोक्ताको दैनिकी भने महँगिएको प्रस्ट हुन्छ । यद्यपि, तरकारीको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकानुसार खाद्य तथा पेयपदार्थ समूहमा सबैभन्दा धेरै मुल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको क्रमशः २१.३८ र १२.६१ प्रतिशत रहेको छ । यस्तै, दात तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि ८.८४ प्रतिशत रहेको छ । तरकारी उपसमूहको मूल्य भने ०७६ चैतको तुलनामा ११.६७ प्रतिशतले घटेको छ ।

Global Ime bank

गैरखाद्य तथा सेवा समूहमा रहेको ढुवानी (ट्रान्सपोटेसन) उपसमूहका मूल्यवृद्धि सर्वाधिक ८.७७ प्रतिशत छ । त्यस्तै, फर्निचर तथा घरायसी सामान, कम्युनिकेसन र स्वास्थ्य क्षेत्रको मूल्यवृद्धि क्रमशः ४.४९, ३.९५ र ३.६ प्रतिशत रहेको छ ।

चैत महिनाको वार्षिक विन्दुगत तथ्यांकमा सबैभन्दा उच्च मुद्रास्फीति पहाडी क्षेत्रमा ३.३८ प्रतिशत हुँदा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत र हिमालमा १.५४ प्रतिशत रहेको छ ।

०७७ चैतमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने ६.१४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ ।

उपभोग्य वस्तुको थोक मुद्रास्फीति नै उच्च रहेकोले पनि मूल्य आम नागरिकको भान्सा महँगिएको प्रस्ट हुन्छ ।

यता, निर्माण सामग्रीको थोक मूल्यवृद्धि भने ५.९६ प्रतिशत रहेको छ ।

कोभिड–१९ प्रभावका बीच ०७६ चैतको तुलनामा ०७७ चैतमा श्रमिकको ज्याला सामान्य बढेको छ । ०७७ चैतमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक १.८९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, गत वर्षको यही अवधिमा ७.४९ प्रतिशतले बढेको तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर समीक्षा अवधिमा घटेको छ ।

एक वर्षको अवधिमा सबै क्षेत्रका कमचारीको तलब नबढे पनि ज्यालादर बढेको छ । जसले तलब तथा ज्यालादर सूचकांकमा सामान्य वृद्धि भएको हो । ज्यालादर सूचकांक २.४३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

निर्माण क्षेत्रका मजदुरको ज्याला सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढ्दा निर्माण क्षेत्रमा समग्र कामदारको भने २.७३ प्रतिशतले बढेको छ । यस्तै, औद्योगिक कामदारको १.७२ र कृषि क्षेत्रका कमदारको ज्याला २.७१ प्रतिशतले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC