बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । निर्वाचन आयोगले जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदानकेन्द्र निर्धारण गरेको छ । 

उपनिर्वाचनका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको छ । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) गरी दुई वटा मतदान केन्द्र तोकिएको छ । 

Duber nepal

Agani Group

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ जना गरी जम्मा २९६ जना मतदाता रहेका छन् । 

प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्